जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ । यो नयाँ आउटलेटबाट अग्नि मोटोइन्कले नेपालगञ्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा सुलभ पहुँच प्रदान गर्ने जनाएको छ । यसबाट ‘जावा लाइफ’को अनुभव गर्ने मौका प्रदान गर्ने कम्पनीको भनाइ छ ।
अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले शोरूम कम्पनीका सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पु¥याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको बताए ।
कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् । साथै नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् । जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ । मोटरसाइकल प्रेमीहरूका बीच एक राम्रो विकल्प बन्न पुगेको छ । यो नेपाली बजारमा अग्नि मोटो इंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध भइसकेको छ ।
नेपालगञ्जमा जावा शोरूमको नयाँ उद्घाटनसँगै कम्पनीले देशमा क्लासिक मोटरसाइकल वर्ग (सेगमेन्ट)लाई पुनः परिभाषित गरिदिएको छ, जुन वास्तविक क्लासिक स्टाइलका साथ छ, जसले आधुनिक रेट्रो मोटरसाइकलहरूलाई आधुनिक प्रविधिसँग ‘प्याक’ गरिएको छ । जावा एक प्रामाणिक र प्रतिष्ठित ब्रान्ड भएकोले यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्दछ र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा नेपालगञ्जमा ग्राहकहरूबीच तत्काल हिट हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया