Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटको पर्पल प्याक अफर

भायानेटको पर्पल प्याक अफर


काठमाडौं । भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक ल्याएको छ । यस अफरअन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरुले १ सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभी सँग–सँगै एनसेल सिम सित्तैमा पाउनेछन् ।

यस सिममार्फत ग्राहकले प्रत्येक महिना चार जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउने कम्पनीले जनाएको छ । त्यस्तै गरी, यो सिममार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको एक जीबी थप निःशुल्क मोबाइल डेटाजस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउनेछन् । यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक एक हजार छ सय रुपैयाँमा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध छ ।

सुपर स्पिड इन्टरनेट, मनोरञ्जनको लागि एक सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएसलगायतका सुविधा भएकोले यो पर्पल प्याक, साँच्चै अल–इन–वान छ । भायनेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवाप्रदायक हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडि रहेको कम्पनीको दाबी छ । यसै क्रममा सबैलाई सधैं कनेक्टेड राख्नको लागि एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक ल्याएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x