Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजावा मोटरसाइकलको डिलर सुर्खेतमा

जावा मोटरसाइकलको डिलर सुर्खेतमा


काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले वीरेन्द्रनगरपालिका–३ मूलपानी, जुम्ला रोड सुर्खेतमा आफ्नो नयाँ डिलर एमपी मोटोहबको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि कम्पनीले सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो । अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले बुधबार शोरूमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उनले जावा मोटरसाइकल सहर र राजमार्गहरुमा हाँक्नका लागि निकै आनन्ददायक रहेको बताए । उनका अनुसार कम्पनीसँग फरक–फरक व्यक्तित्वलाई सुहाउने फरक–फरक मोडलहरू रहेका छन । एमपी मोटोहबका प्रबन्धनिर्देशक रोशन तिवारीले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल सुर्खेत र यसका वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि उपलब्ध गराउन पाउँदा निकै उत्साहित भएको बताए । नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा सुर्खेतका ग्राहकहरूबीच तत्काल हिट हुने उनले बताए ।

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वीरेन्द्र नगरपालिका–३ मुलपानी, जुम्ला रोड र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि ०८३–५२२०८०/९८५८०५१५०९ मा सम्पर्क गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x