Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपञ्चकन्याको ४९औँ वार्षिकोत्सव

पञ्चकन्याको ४९औँ वार्षिकोत्सव


काठमाडौँ ।पञ्चकन्या ग्रुपले आफ्नो ४९औँ वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको ९१औँ जन्मोत्सव मंगलबार एक कार्यव्रmमको आयोजना गरी मनाएको छ । सो कार्यव्रmममा वर्षभरिमा बढी बिक्री गर्न सफल स्टिल, प्लास्टिक र प्रोफाइल, एसएस वाटर ट्यांक, एलजीएस, रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिन्डर तथा हेभी इक्विपमेन्टका डिलरहरूलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

यसअन्तर्गत वर्षभर पञ्चकन्या डन्डी बिक्री गरी प्रथम हुने न्यू बज्रयोगिनी ट्रेडर्स, कलंकी, काठमाडौं, दोस्रो हुनेमा पञ्चकन्या आइरन स्टोर, जनकपुर र तेस्रो हुनेमा बेबी इन्टरप्राइजेज, जनकपुर त्यसैगरी प्लास्टिक डिभिजनअन्तर्गत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान टे«डिङ्ग, बुटवल, तेस्रो प्रसन्न ट्रेडलिंक एण्ड सप्लायर्स, बुटवल, साथै एसएस ट्याङ्क विभागअन्तर्गत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान टे«डिङ्ग, बुटवल, तेस्रो पञ्चकन्या सप्लायर्स, बुटवल त्यसैगरी रुफिङ्ग डिपार्टमेन्टअन्तर्गत प्रथम स्थान हुने किसान टे«डिङ्ग, बुटवललाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा इम्प्लोइ अफ द इयरबाट प्रजन ताम्राकार, आईटी विभाग र म्यानेजर अफ द इयर भरत खत्री, स्टिल विभागलाई र मस्ट प्रोमिसिङ्ग अवार्डबाट अलिना श्रेष्ठ, कमल सुवेदी, प्लास्टिक विभाग, असिम धिताल हाइड्रो विभाग र अजय शर्मा प्रशासन विभागलाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी सह्राहनीय कार्य गर्ने तथा लामो समय सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो । यस्तै राम्रो कार्य गर्ने अन्य कर्मचारीहरूलाई समेत प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x