काठमाडौंमा खुल्यो अन्नपूर्णा मार्ट
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–७ वसुन्धराचौकीमा अन्नपूर्णा स्टोर्स प्रालि(मार्ट)ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामग्रीको बिक्री सेवा शुभारम्भ गरेको छ । निम्न र मध्यमवर्गीय सर्वसाधारणलाई लक्षित गरी मार्टबाट सेवा सुचारु गरेको कम्पनीले जनाएको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शनिबार मार्टको उद्घाटन गरेका हुुन् । मार्ट उद्घाटन गर्दै मेयर अधिकारीले टोखाका सबै वडामा स्थानीयलाई सुपथ मूल्यमा वर्षैभर सेवा दिने गरी साझा पसल सञ्चालनमा ल्याउने बताए । अन्नपूर्णा मार्टसँग सहकार्य गरेर साझा पसल अवधारणा सफल पार्न सकिने अधिकारीले बताए । मार्ट उद्घाटन कार्यक्रममा टोखा वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले सुपथ मूल्यमा सेवा दिन मार्ट सफल हुने विश्वास व्यक्त गरे ।
मार्टबाट होलसेल (सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामग्री र ग्रोसरी सामग्री खुद्रामा उपलब्ध गराउने मार्टका प्रमुख दीपक न्यौपानेले जानकारी दिए । मार्टले अन्य मार्टहरुभन्दा पनि सस्तोमा गुणस्तरीय सामग्री उपलब्ध हुने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने सञ्चालक ईश्वरदत्त जैसवालले बताए । कम्पनीले भैरहवामा दुई मार्टहरु सञ्चालनमा ल्याएको जनाएको छ । काठमाडौंका विभिन्न पाँच स्थानमा थप आउलेट स्थापना गर्ने प्रमुख न्यौपानेले बताए । मार्टमा आउने ग्राहकले अन्य मार्टभन्दा सस्तोमा गुणस्तरीय सामग्री उपलब्ध रहेको प्रतिक्रिया दिएका छन् र यसको निरन्तरताको माग गरेका छन् । यस्तै मार्टले ग्राहकको विश्वसनीयतालाई पहिलो प्राथमिकता दिने मार्टका अर्का सञ्चालक राजकुमार जैसवालको भनाइ छ ।
सञ्चालकहरुले यस्ता मार्टहरुमा कृषिसँग सम्बन्धित डेरी प्रोडक्टलगायत राख्न आवश्यक सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । मार्टमा हरेक सामानमा विशेष छुट रहेको र चाडपर्वको अवसर पारेर तीन हजार रुपैयाँसम्मको खरिदमा एक किलो चिनी सित्तैमा र पाँच हजार रुपैयाँसम्मको खरिदमा दुई किलो चिनी सित्तैमा अफर पनि सार्वजनिक गरेको छ । मार्टमा उपलब्ध सामग्रीहरु अन्य स्थानभन्दा पाँचदेखि २० प्रतिशतसम्म सस्तो रहेको सञ्चालक जैसवालको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया