Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी जेट फोल्ड थ्री र जेट फ्लिप थ्री सार्वजनिक

सामसङको ग्यालेक्सी जेट फोल्ड थ्री र जेट फ्लिप थ्री सार्वजनिक


काठमाडौं । नेपालको विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा नयाँ सुलभ स्मार्ट फोनका दुई मोडेलहरु ग्यालेक्सी जेट फोल्ड थ्री फाइभजी तथा ग्यालेक्सी जेट फ्लिप थ्री फाइभजी नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार सामसङका यी दुई नयाँ मोडेलहरुले वास्तवमै ग्राहकहरुलाई अद्वितीय, मनोरञ्जनात्मक एवं जीवन्त अनुभव प्रदान गर्नेछन् । सामसङका ग्राहकवर्गहरुले उत्सुकतापूर्वक प्रतीक्षा गरेका नयाँ नयाँ सुविधा एवं विशेषताहरु यस फोनमा विद्यमान छन् । यसअघि नभएका आइकोनिक, स्टाइल तथा ड्युरेबिलिटीजस्ता विशेषता यस फोल्डेबल फोनमा रहेका छन् । यी दुवै स्मार्टफोनमा थुप्रै विशेष तरिकाबाट काम गर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिनेछ । सामसङले आफ्ना यी दुई फोल्डेबल फोनहरुमा सामसङको उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनको विरासत कायम नै रहेको छ । नयाँ ग्यालेक्सी जेट फोल्ड थ्री फाइभजीमा प्रोडक्टिभिटी तथा निरन्तर मनोरञ्जन प्रदान गर्न मल्टिटास्किङ्ग पावर हाउसको साथ ७.६ इन्चको इनफिनिटी फ्लेक्स डिस्प्ले, उत्कृष्ट कार्य क्षमता तथा एसपेनजस्ता सुविधाहरु छन् ।

यसैगरी ग्यालेक्सी जेट फ्लिप थ्री फाईभजी अरुभन्दा फरक देखिन चाहनेहरुका लागि सही छ । यसका अद्वितीय कलर विकल्पहरु, रिफाइन्ड फिनिसजस्ता विशेषताहरुले यो फोन वास्तवमै अद्वितीय बन्न पुगेको छ । फ्लिप थ्री फाइभजीमा कार्यक्षमता एवं स्टाइलको सम्मिश्रण गरिएको छ स्लिक, कम्प्याक्ट तथा पकेटेबल डिजाइन, उच्चस्तरीय क्यामरा, ठूलो स्क्रिनजस्ता सुविधाहरुले प्रयोगकर्ताहरुलाई वास्तवमै मोबाइलको जीवन्त अनुभव प्रदान गर्दछ ।

कम्पनीका अनुसार यी दुवै स्मार्टफोनको प्रि–बुकिङमा आकर्षक अफरहरु उपलब्ध छन् । जेट फोल्डको प्रि–अर्डरमा ग्राहकहरुलाई प्रि–अर्डर उपहार एस पेनसँगै फ्लिप कभर निःशुल्क प्राप्त हुनेछ र बड्स प्रो निःशुल्क वा २५ हजार रुपैयाँको सहुलियत मूल्यमा वाच फोर क्लासिकमध्ये एक छान्न सकिनेछ । त्यस्तैगरी जेट फ्लिप थ्रीको प्रिअर्डरमा ग्राहकहरुले या त वड्स टु निःशुल्क वा वाच फोर क्लासिक सहुलियत मूल्य ३० हजार रुपैयाँमा छान्न सक्नेछन् । यस्तै यी दुवै स्मार्टफोनको प्रि–बुकिङको लागि सामसङले शून्य प्रतिशत ब्याजदरमा ईएमआई, न्यूनतम १० हजार पाँच सय रुपैयाँमा उपलब्ध गरेको छ । यसैगरी ग्राहकले एक वर्षसम्म ब्रेकेज इन्स्युरेन्स सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यस्तै ग्राहकहरुले यो फोन खरिद गर्ने क्रममा आफ्नो फोनलाई अर्को स्टोर तथा आईएमएस स्मार्टबाट छ हजार रुपैयाँसम्म थप सुविधामा साट्न समेत सकिने सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ । यसका साथै यी स्मार्टफोनहरुको प्रिबुकिङ्ग गर्ने ग्राहकहरु केजीएच ग्रुप, जिमखाना, होटल म्यारियट काठमाडौं, गोकर्ण रिसोर्ट, स्मार्ट डोको, द स्टेटमेन्ट एनपी, आईएमएस लिटिल स्माइल, लेट मि इन, ट्रयाङ्कुलिटी स्पा तथा होटेल साम्बाला गरी १० हजार रुपैयाँसम्मको उपहारको लागि योग्य हुनेछन् ।

फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रीन तथा फ्यान्टम सिल्भरमा उपलब्ध भएको १२/२५६ जीबी भेरिएन्टको ग्यालेक्सी जेट फोल्ड थ्री फाइभजीको मूल्य दुई लाख १९ हजार नौ सय ९९ रुपैयाँ तथा १२/५१२ जीबी भेरियन्टको मूल्य दुई लाख २९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । साथै विभिन्न आकर्षक तीन ट्रेन्डी कलरहरु क्रिम, ल्याभेन्डर तथा फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध ८/२५६ जीबी भेरियन्टको ग्यालेक्सी जेट फ्लिप थ्री फाइभजीको मूल्य एक लाख २४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यी फोनहरु प्रिअर्डर भदौ २० गतेदेखि असोज ४ गतेसम्म दराज, इसेवा, सेलपे, स्मार्टडोको तथा सामसङ प्लाजाजस्ता विभिन्न इकमर्स साइटहरुबाट गर्न सकिने सुविधा छ । यस्तै असोज ६ गतेदेखि आधिकारिक रुपमा सामसङका ब्राण्डसप तथा केही रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x