‘स्मार्टस्पिक’ सार्वजनिक
काठमाडौं । दक्ष नेपाल प्रालिले बालबालिकाहरूका लागि घरमै बसी खेल्दाखेल्दै र रमाइलो गर्दै पढाइका कुराहरू सिक्न सकिने ‘स्मार्टस्पिक’ नामक अद्भुत उत्पादन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘स्मार्टस्पिक’ एउटा प्रविधिमैत्री शैक्षिक अन्तक्र्रियात्मक शृङ्खला हो । प्रविधिको सहयोगमार्फत तयार गरिएको रचनात्मक स्मार्टस्पिकले बालबालिकाहरूमा स्वाध्ययन अभ्यास गराउन प्रोत्साहन गर्दछ । नानो प्रविधिको सहयोगमा तयार गरिएको उक्त शृङ्खलामा किताब तथा स्मार्टस्पिक उपलब्ध छन् । सो स्मार्टस्पिकलाई किताबमा भएका अक्षर, शब्द, वाक्य, कथा, कविता वा चित्रमा छोएपछि आएको प्रतिक्रियाअनुरूप यस अद्भुत प्रविधिको लाभ उठाउन सकिन्छ ।
कम्पनीका अनुसार स्मार्टस्पिक १८ महिनादेखि सात वर्षसम्मका बालबालिकाहरूको साथीजस्तै हो । यसलाई प्रयोगमा ल्याउन विशेष ज्ञान वा अनुभवको आवश्यकता नहुने भएकाले जोसुकैले पनि यसलाई प्रयोगमा ल्याउन तथा सिक्न र सिकाउन सक्छन् । साथै, हरेक किताबको पहिलो पानामा प्रयोग गर्ने तरिकाबारे उल्लेख गरिएको हुनाले यो विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि स्वाध्ययन गर्न—गराउन मद्दत गर्नेछ । कतिपय देशमा सफल परीक्षणसहित प्रयोगमा आइसकेको डल्फिन आकारमा रहेको यो शैक्षिक खेलौनाले मनोरञ्जन सँगसँगै आधारभूत शिक्षा पनि दिन सकिने र उक्त उत्पादन नेपालमा नयाँ पनि भएको हुँदा लाभदायक हुने विज्ञहरूको विश्वास छ ।
यसलाई सञ्चालन गर्नको लागि सर्वप्रथम स्मार्टस्पिकलाई अन अर्थात् चालू गर्नुपर्नेछ । चालू गरिसकेपछि किताबमा दिइएको कोड अर्थात् कूट संकेतमा स्पर्श गराउनुपर्नेछ । यसरी स्मार्टस्पिकले चित्रदेखि शब्दसम्म आफैँ उच्चारण गर्ने, व्याख्या गर्ने, कथाहरु पढ्नेदेखि कविताहरू पनि लय मिलाएर गाउन थाल्नेछ । यस शृङ्खलामा पाठ्यक्रमले सिफारिस गरेका कुराहरूबाहेक खेल तथा मनोरञ्जनको लागि पनि विभिन्न किसिमका सामग्रीहरू समेटिएका छन् । स्मार्टस्पिक शिशु कक्षादेखि उच्च बालवाटिकाका बालबालिकाहरूको लागि हो । हरेक शृङ्खलामा नेपाली, गणित, अंग्रेजी, विज्ञान, सामाजिक शिक्षा, कथा तथा कविताहरूको किताब हुनेछ । स्मार्टस्पिक यस्तो शृङ्खलामा आएको किताबमा मात्र प्रयोग गर्न सकिनेछ । यो स्मार्टस्पिक दक्ष नेपालको आफ्नो वेब, दराज, सस्तोडिल, ग्यापु तथा स्मार्टडोकोबाट अर्डर गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया