अल न्यु हुन्डाई टुसानको बिक्री सुरु
काठमाडौं । हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले फ्युचरिस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान विश्वभर चर्चामा रहेको मोडल हो ।
‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेसन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्विलबेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्विल, टु ह्विल र फोर ह्विल ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ । नेपाली बजारमा नयाँ जेनेरेसन टुसानको विभिन्न चार भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा जीएलएस टु ह्विल ड्राइभ म्यानुअल (पेट्रोल), जीएलएस टु ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल), जीएलएक्स टु ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल) र जीएलएक्स फोर ह्विल ड्राइभ अटोमेटिक (डिजेल) भेरियन्टमा उपलब्ध रहनेछ । यसको सुरुवाती भेरियन्ट जीएलएस टु ह्विल ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिम्सन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेसन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइटजस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउनेछ । बोल्ड डिजाइन र प्रविधिको भरपूर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । हुन्डाई मोटर्स विश्वकै पाँचौँ ठूलो कार उत्पादक कम्पनी हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया