Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘हुन्डाई फेस्टिभ डिलाइट’

‘हुन्डाई फेस्टिभ डिलाइट’


काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गरेको छ । यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्किम पाउने कम्पनीले जनाएको छ । हुन्डाईले सधैँ ग्राहकलाई उत्कृष्ट अफर र खरिद एक्स्पिरियन्स प्रदान गर्दै आएको छ ।

योजनामा ग्राहकले गाडी किन्दा आकर्षक नगद छुट, स्क्र्याच कुपनबाट नगद जित्ने मौका, बम्पर उपहारमा एक जनालाई ‘अल न्यू हुन्डाई आई २०’ एक वर्षको बीमा, वार्षिक करलगायत धेरै किसिमका छुट पाउन सक्नेछन् । यस योजनामा गाडी किन्नेलाई हुन्डाईले आफ्ना सबै गाडीमा तीन वर्षको वारेन्टी, चार वर्षको निःशुल्क सर्भिस सुविधा, निःशुल्क ओनरसिप ट्रान्सफर सुविधा प्रदान गर्नेछ । विश्वकै पाँचौँ ठूलो कार निर्माता हुन्डाई ग्राहकलाई उत्कृष्ट सेवा दिन सधैँ तत्पर रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यस्तै कम्पनीले अघिल्लो वर्षको चाडवर्प स्किम ‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरुबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता कुपन नम्बर १४४५ का श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्तरण गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x