टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपालमा
काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले फर्स्ट इन क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इन्जिनसहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।
टीभीएस अपाचे आरटीआर २०० ४भीमा ठाउँ, सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीले जनाएको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीनवटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने बताइएको छ । यसैगरी, यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको आरटीएफआई टेक्नोलोजीयुक्त बीएस–भीआई कम्प्लायन्ट इन्जिन हो । यसैगरी बीएस–भीआई कम्प्लायन्ट इन्जिनसहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल धेरैको रोजाइमा पर्ने गरेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यो मोटरसाइकलमा अब पहिलेभन्दा फरक फस्र्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सनसहित आएको छ । यस्तै यो मोटरसाइकल तीन स्टेप एड्जस्टमेन्टसहित एड्जस्टेबल ब्रेक तथा क्लच लिभरसहित उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसलाई बीचको औँलाले कन्ट्रोल गर्न एकदमै सजिलो छ । त्यस्तै सिङ्गल चेनल एबीएससहित यसको ब्रेकिङ प्रणालीमा व्यापक सुधार भएको हुनाले यो मोटरसाइकल अधिक सुरक्षित बनेको छ । कम्पनीका अनुसार यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल वाइट र नयाँ म्याट ब्लु गरेर तीन वटा फरक रंगमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया