अनधिकृत स्पेयर पार्ट्सको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसियसन अफ नेपालका उपाध्यक्ष करण चौधरीले सरकारले अनधिकृत स्पेयर पार्ट्सको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । चौधरीले नेपालमा गुणस्तरीय लुब्रिकेन्ट्सको आयात र उत्पादनका लागि सरकारले सोहीअनुरूप नीति ल्याउनुपर्नेमा पनि जोड दिए ।
नाडाको प्रतिनिधिमण्डल र अर्थमन्त्री जनार्दन शर्माबीच बुधबार भएको भेटमा उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७ दशमलव ०२, ८७ दशमलव ०३ र ८७ दशमलव ११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए । यस्तै एसेम्बल कति पार्ट्समा आउनुपर्ने हो, कुन पार्ट्स एसम्बलिङ हो, सरकारले त्यसको स्पष्ट वर्गीकरण गर्नुपर्नेमा जोड दिए ।
नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको आठ सदस्यीय प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग चालू आव २०७८/०७९ को प्रतिस्थापन बजेटले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे विस्तृत रूपमा छलफल गरेको थियो । उक्त छलफलमा चौधरीले नेपालको उद्योग व्यवसायको प्रवर्द्धनका लागि नीतिमा स्थिरता हुनुपर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रूपमा लिनुपर्ने बताए ।
छलफलमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा एक सय ६० सीसीसम्मका मोटरसाइकलहरू दुई तिहाइको संख्यामा बिक्री हुने बताउँदै अहिलेको सेगमेन्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरूमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताए । सरकारले गरेको वर्तमान सेगमेन्टलाई पहिलेकै अवस्थामा ल्याउँदा सबैलाई सहज हुने उनको सुझाव थियो ।
त्यसैगरी सो छलफलमा दुगड ब्रदर्स एन्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगडले सरकारले दुई सय ५० सीसीभन्दा माथिका मोटरसाइकललाई हेभी सवारीसाधन मानेको तर नेपालको पहाडी धरातलीय अवस्थितिका कारण र पर्यटन प्रवर्द्धनका लागि उच्च सीसीका मोटरसाइकल आवश्यक पर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा (टिओडी) मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया