ग्यालेक्सी जेड फोल्ड३ फाईभजी र जेड फ्लिप३ फाइभजीको प्रि–बुकिङ उत्साहजनक
काठमाडौं । सामसङले स्मार्टफोनका दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजी तथा जेड फ्लिप थ्री फाइभजीको प्रि–बुकिङ्गमा उत्साहजनक सहभागिता प्राप्त गरेको जनाएको छ । यी दुई फोनको प्रि–बुकिङ्ग कम्पनीले अनुमान गरेभन्दा ज्यादै बढी प्राप्त गरेको बताइएको छ ।
सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड ३ र जेड फ्लिप ३ को प्रिअर्डर खुल्ला गरेको दिनदेखि केवल छ दिनमै लक्ष्य प्राप्त गरिसकेको र अस्थायी रूपमा प्रिबुकिङ्गलाई स्थगित गर्नुपर्ने स्थिति पनि उत्पन्न भएको बताए । उनका अनुसार प्रि बुकिङ्गमा भएको उल्लेख्य सहभागिताबाट पनि नेपाली ग्राहकहरु आयु उपकरण र ग्याजेटहरुको बारेमा अत्यधिक रुपमा जानकार रहँदै आएका छन् । उनीहरु विश्वव्यापी प्रवृत्तिअनुरुप त्यस्ता उच्चतम प्रविधि युक्त ग्याजेटहरको उपयोगितालाई दैनिक जीवनमा आत्मसात् पनि गर्दै आएको छ ।
सामसङ नेपाल नवीनतम इन्जिनियरिङ्गयुक्त शक्तिशाली यी दुई स्मार्ट फोनहरु प्रस्तुत गर्न पाउँदा अझै बढी उत्साहित भएको छ । उत्पादकत्व वृद्धि एवं मनोरञ्जनात्मक फोल्डेबल डिभाइसका रुपमा जेड फोल्ड ३ तथा स्टाइल एवं फंक्सनालिटीको सम्मिश्रणयुक्त जेड फ्लिप ३ ले प्राविधिक रुपमा देशलाई अझै माथिल्लो तहसम्म पु-याउने विश्वास लिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया