ईपीएलका लागि पोखरा राइनोजको लोगो र जर्सी सार्वजनिक
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि पोखरा राइनोजले लोगो र जर्सी सार्वजनिक गरेको छ । पोखराले यस संस्करणमा पूरानो लोगोलाई अझ परिष्कृत बनाएको जनाएको छ । यस नयाँ लोगोले पोखरा राइनोजका प्रशंसकहरुलाई रोमाञ्चित पार्ने र हरेक प्रतिस्पर्धी टोलीहरुलाई बलियो चुनौती दिने संकेत गर्दछ ।
अहिलेको नयाँ लोगोको स्वरुपले पोखरा राइनोजलाई नयाँ उचाइमा लैजान हौसला प्रदान गर्नेछ । यस लोगोले टिमको बलियो, एकजुट र गर्विलो उपस्थितिलाई जनाउँछ । यस लोगोमा रहेको कालो रंगले टिमको शक्ति, भव्यता, परिष्कृत र विश्वासलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला रंगले टिमको खुसी, सफलता, दृढ संकल्प र उत्साहको संकेत गर्ने बताइएको छ । पोखरा राइनोजको बजाज पल्सर ईपीएल २०२१ को लागि जर्सी र सुरुवाल कालो र सुन्तला रंगको छ । यी दुवैमा देखिने सुन्तला रंगको घेरा तथा धर्काहरुले सुन्दरता थपेको छ । अगाडि माछापुच्छ्रे हिमालले सजिएको यस जर्सीको घाँटी सुन्तला रंगको छ भने बाँकी माथिल्लो भाग आकर्षक कालो रंगमा छ । जर्सीको तल्लो भागतिर आउँदै गर्दा कालो रंग सुन्तला रंगसँग मिसिँदै जान्छ र अझ आकर्षक देखिन्छ ।
छातीको बायाँ भागमा पोखरा राईनोजको लोगो छ भने दायाँमा पोखरा अर्को प्रायोजक पोखरा प्योर एज प्याराडाइजको लोगो छ । बीचको भागदेखि तलसम्म पोखराको झझल्को दिने माछापुच्छ्रे हिमालले सजाइएको जर्सीमा राइनोजको ईपीएल टी२० २०७८ का लागि प्रमुख प्रायोजक सौर्य सिमेन्टको लोगो हिमालको ठीक माथि राखिएको छ । त्यसैगरी, दुवै पाखुरामा आधिकारिक प्रायोजकहरु, मिट्सुबिसी मोटर्स र एडीएनओसी ल्युब्रिकेण्ट को लोगो रहेको छ । यस फ्रान्चाइज लिग, बजाज पल्सर ईपीएल २०२१, को लोगो दायाँ पाखुरामा देख्न सकिन्छ ।
जर्सीको पछाडिको भागमा अर्को प्रमुख प्रायोजक, जगदम्बा सुपर शाइनको लोगो रहेको छ । यस लोगोको ठीक तल राइनोजका प्रशंसकहरुको लागि बनाइएको जर्सी नम्बर छ । सो नम्बरभित्रको तल्लो भागमा वृक्षरोपणमार्फत स्वस्थ वातावरणको प्रवद्र्धन गर्ने ब्रेथ क्लिनको लोगो रहेको छ । यसैगरी, जर्सी नम्बरको तल पोखरा राइनोजको ह्यासट्याग गैँडा प्रयोग गरिएको छ । बायाँ काँधमा रहेको चारवटा गैंडाले पोखरा राइनोजले नेपालको फ्रेन्चाइज लिगमा खेलेको चार सिजनलाई संकेत गर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया