सिट्रन सी ५ एयरक्रस नेपाली बजारमा
काठमाडौँ । फ्रेन्च मोटर कम्पनी पुज्योटको नेपालका लागि अधिकारिक बिक्रेता सांग्रिला मोटर प्राइभेट लिमिटेडले अर्को लोकप्रिय उत्पादन सिट्रनको बिक्री प्रारम्भ गरेको छ । यसअघि पुज्योटको बिक्री सांग्रिला मोटर प्रालिले सन् २०१७ देखि नेपालमा गर्दै आएको थियो । सिट्रन मोटर विगत सय वर्षभन्दा बढी समयदेखि उत्पादनमा आई सवारीसाधनको क्षेत्रमा नयाँ इतिहास बनाएको छ ।
कम्पनीका अनुसार सिट्रनको स्थापना सन् १९१९ मा भएको थियो । सन् १९३४ सिट्रनले सर्वप्रथम ट्राक्सन एभान्ट मोडलको कारबाट मोटरजगत्मा सर्वप्रथम फ्रन्ट ह्विल ड्राइभ र फोर ह्विल इन्डिपेन्डेन्ट सस्पेन्सनजस्तो आधुनिक प्रविधि भित्र्याएको थियो जुन वर्तमानमा सबै कारमा जडान हुन्छ । सिट्रनकोे शोरुम अहिले थापाथलीमा राखिएको छ, जुन फ्रेन्च भाषामा घर भनिने ‘ला मेजोँ’ कलामा आधारित छ । यो नेपालमा भएका अरु शोरुमको तुलनामा आफ्नै मौलिकतायुक्त छ । सिट्रन सी ५ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्रन एसयूभी हो । सी५ एयरक्रसलाई १.६ लिटर पेट्रोल इन्जिनले शक्ति प्रदान गर्दछ जसले १६५ एचपी पावर र २४० एनएमको टर्क प्रदान गर्दछ । सिट्रनको सबैभन्दा मुख्य विशेषता यसको आरामदायी सवारी हो । यसमा यात्रा गर्नेलाई अत्यन्त आरामदायी अनुभव गराउँछ जसलाई कम्पनीले फ्लाइङ कारपेटको संज्ञा दिएको छ ।
साथै सी५ एयरक्रसको अग्रिम बुकिङ प्रारम्भ भएको छ । हालको मूल्य एक करोड ३५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यही कम्पनीको सिट्रन सी३ गाडी भारतमा तयार भई सन् २०२२ को पहिलो चौमासिकमा र फ्रान्समा बनेको सी ४ ईभी गाडी सन् २०२२ को मध्यतिर नेपाली बजारमा आउनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया