अशोक लेल्यान्डको ‘दशैँ तिहारको वहार, पक्का उपहार’
काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले नेपालीहरुको महान् चाड दशैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको वहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेल्यान्डको गाडी खरिदमा ग्राहकले छानी–छानी उपहार पाउनेछन् ।
चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै कम्पनीले यो योजनालाई बजारमा ल्याएको आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । योजनाअनुसार ग्राहकले अशोक लेल्यान्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छाअनुसार उपहार छानी–छानी लान सक्नेछन् ।
अफरअन्तर्गत अशोक लेल्यान्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्टफोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभी साथै क्यास डिस्काउन्ट पाउन सक्नेछन् । ग्राहकहरुले प्रत्येक आईसीभी हाउलेग, एमसीभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटर्क स्कुटर पाउन सक्नेछन् । साथै उक्त गाडीहरुमध्ये एकैपटक दुईवटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एपल म्याक बुक प्रो साथै आइफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पाउन सक्नेछन् ।
यस्तै कुनै पनि एचसीभी साथै आईसीभी टिप्परको एउटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटर्क स्कुटर पाउनेछन् । त्यस्तै दुईवटा एचसीभी र आईसीभी टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एपल म्याक बुक पो र आईफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पनि पाउन सक्नेछन् । उक्त गाडीको खरिदमा माथि उल्लिखित उपहारभन्दा अझ थप अफर पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई पाँच रात छ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्वलक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागू हुने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया