ग्रेटवाल मोटर्सको ६ लाखसम्म फाइदा हुने अफर
काठमाडौं । ग्रेटवाल मोटर्स नेपालको आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले यसपालिको दशैँ, तिहार तथा छठपर्वको उपलक्ष्यमा ग्राहक लक्षित छ लाख रुपैयाँसम्मको फाइदा हुने अफर ल्याएको छ ।
कम्पनीका अनुसार यो अफर थर्ड जेनेरेसनको हावल एच६/हावल जोलियलका साथै पिक–अप पिओरमा उपलब्ध हुनेछ । नेपालको एसयूभी/पिक–अप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्यसहित आक्रामक बजार प्रवर्द्धनअनुरुप नै यो अभियान ‘चाडपर्वको उमङ्ग हावल र पिओर चढी दङ्ग’ अफर ल्याइएको हो । यी उत्पादनहरुमध्ये, जोलियन विश्वभरि नै अग्रणी अर्बान एसयूभीमा पर्दछ भने थर्ड जेनेरेसन एच६ विश्वव्यापी प्रविधिको न्यू–जेनेरेसन मोडेलको रुपमा रहेको छ । प्रचलित र हाई–टेक विशेषताहरु नै यी गाडीहरुको सबैभन्दा आकर्षक पक्ष हुन् । विगत ११ वर्षदेखि चीनमा नम्बर १ बिक्री हुने एसयूभीमा हावल पर्दछ । यसको विश्वव्यापी बिक्री ६५ लाख एकाइभन्दा बढी छ । हावल एच६ को विश्वव्यापी बिक्री ३५ लाख एकाइभन्दा धेरै छ, जसकारण यो ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी भएको छ ।
कम्पनीका अनुसार यस अफरअनुसार आकर्षक नगद छुट, एक वर्षको निःशुल्क सडक कर, सहज फाइनान्सको सुविधा, एक वर्षको विस्तृत बीमा, सबै हावल गाडीहरुमा पाँच वर्षको र पिओर गाडीमा तीन वर्षको वारेन्टी उपलब्ध छ । यसको शोरुम थापाथली, काठमाडौंमा अवस्थित छ । यस्तै ग्राहकहरुलाई देशभर एक प्रिमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपालभरिका प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । साथै चाकुपाट, पाटनमा पनि यसको सर्भिस सेन्टर चाँडै खुल्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार थर्ड जेनेरेसन हावल एच६ को प्रारम्भिक मूल्य एक करोड तीन लाख ९९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाटको पावर र ३२० एनएमको टर्कमा उपलब्ध यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभूति प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।
यस्तै हावल जोलियनको प्रारम्भिक मूल्य ५७ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो मोडेल पनि चारवटा भेरियन्टमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाटको पावर र र २२० एनएमको टर्कले अधिकतम आउटपुट दिन्छ । यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्स नेपाली सडकको लागि उचित रहेको छ ।
यसैगरी पिओर पिकअफको प्रारम्भिक मूल्य ७० लाख ९९ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसको पिकअप सेगमेन्टमा पाइलट भेरियन्ट बजारमा उपलब्ध छ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १२० किलोवाटको मोडल र ४ एनएमको टरक्यू रहेको यस गाडीमा, हाइयर ग्राउण्ड क्लियरेन्सले नेपालकोे खाल्डाखुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया