सामसङको ग्यालेक्सी ए५२ एस फाइभजी नेपालमा सार्वजनिक
काठमाडौं । सामसङले हालै नेपालमा ग्यालेक्सी ए५२ एस फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले ए५२ को विरासतलाई आत्मसात् गर्दै थप सुविधाहरु समावेश गरी नयाँ स्मार्टफोन बजारमा प्रस्तुत गरेको हो ।
कम्पनीका अनुसार फोनमा भएको एस एमोलेड इन्फिनिटी डिस्प्लेको साथ १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट डिस्प्लेको जीवन्तता प्रदान गर्दछ । यस्तै ठूलो ६.५ इन्चको स्क्रिनले प्रयोगकर्तालाई दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्दछ । त्यसैगरी यसमा स्क्रिन टिकाउको लागि गोरिल्ला ग्लास ५ को प्रयोग गरिएको छ । त्यसैगरी यसमा ४५०० मेगाहर्जको ब्याट्री पनि समावेश गरिएको छ । यसमा भएको शक्तिशाली ब्याट्रीले वास्तवमै एकपटक चार्ज गरेपछि दुई दिनसम्म चार्ज गर्न पर्दैन । यसमा भएको २५ वाटको फास्ट चार्जिङ्ग सुविधाले केवल ३० मिनेटमा फोनको ५० प्रतिशत ब्याट्री चार्ज हुने गर्दछ ।
साथै यसमा अप्टिकल इमेज स्टेबिलाइजेसनको साथ ६४ मेगापिक्सेलको क्यामरा छ, जसले हल्लिन गई फोटो धमिलो आउने समस्यालाई कम गर्दछ र उत्कृष्ट फोटो खिच्न सकिन्छ । ओआईएसको सुविधाले कम उज्यालोको अवस्थामा लामो सटर स्पिड कायम गरी उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसको साथै यसमा १२ एमपी अल्ट्रा–वाइड क्यामेरा तथा पाँच एमपी माइक्रो क्यामेरा एवं पाँच एमपी डेफ्थ क्यामराहरु छन् । यसैगरी यस स्मार्टफोन साधारण भएर पनि आकर्षक फोनको रुपमा छ । यसको म्याट ब्ल्याक हेज फिनिसिङ्ग रहेको छ भने न्यूनतम क्यामरा हाउजिङ्गले रियर क्यामराको उत्कृष्टतालाई बढाइदिएको पनि छ । यो फोन विभिन्न आकर्षक तीन रंगहरु ब्ल्याक, मिन्ट तथा भ्वाइलेटमा उपलब्ध रहेको छ । यो फोनमा आईपी६७ पनि छ, जसले सामान्य धूलो एवं पानीबाट फोनलाई बचाउँछ ।
कम्पनीका अनुसार यसको मूल्य छ जीबी/१२८ जीबी भेरिएन्टको लागि ५३ हजार नौ सय ९९ रुपैयाँ र आठ जीबी/१२८ जीबी भेरियन्टको मूल्य ५५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन नेपालभर रहेका सामसङका ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया