ज्येष्ठ नागरिकलाई एनसेलले निःशुल्क सिम दिने
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरुसहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट सञ्चालनमा ल्याइएको यस योजनाअन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन् र साथै ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा छ महिनासम्म बोनसका रुपमा पाइने सेवा, सुविधाहरुको फाइदा लिन सक्छन् ।
यो योजनाअन्तर्गत पहिलो ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले सय एमबी डेटा र सयवटा अन नेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले छ महिनासम्म विशेष छुटसहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन् । ग्राहकले विशेष छुटअन्तर्गत एक रुपैयाँ प्रतिमिनेटमा भ्वाइस सेवा, एक रुपैयाँ प्रतिएमबीमा डेटा सेवा र १.९९ रुपैयाँ प्रतिमिनेटमा भारतमा कल गर्न सक्छन् ।
यसका साथै यसै योजनाअन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । ५० रुपैयाँदेखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले सात दिनको समयसीमा रहेको दुई सय एमबी डेटा बोनसस्वरुप प्राप्त गर्दछन् । त्यस्तै सय रुपैयाँदेखि एक सय ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनसबापत पाँच सय एमबी डेटा पाउँछन् । दुई सय वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले एक जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाइने यी डेटाहरु सात दिनको लागि मान्य रहन्छ ।
ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गतेसम्म सञ्चालनमा रहनेछ । योजनाले ज्येष्ठ नागरिकहरुलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरुसँग डेटाको माध्यमबाट डिजिटल सम्पर्कमा रहिरहन पनि सहयोग पु¥याउने विश्वास एनसेलले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया