लस्कर फुड्सबाट मगाउँदा ५० प्रतिशतसम्म छुट
काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले खाना खाजा मगाउँदा ५० प्रतिशत सम्म छुट दिने भएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।
लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर फुड डेलिभरी गर्न लागेको हो । चाडबाड विशेष अफरमा लस्कर फुड्सले ५० प्रतिशत छुट दिन लागेको हो । सोमबारदेखि ल्याइएको छुट आगामी असोज २५ गतेसम्म चल्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन वस्ती बताउँछन् । लस्कर फुडसले आफ्नो किचेन बन्द गर्दा हुन्छ लस्कर फुड्सबाट मगाउँदा हुन्छ भन्ने मूल नारा लिई अघि बढेको वस्ती बताउँछन् । नेपालीको महान् चाडबाडलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन वस्तीले बताए ।
लस्कर फुड्सले यस अफरसँगै अरु विभिन्न अफर समेत ल्याएको छ । गत हप्ता लस्कर फुड्सले अनलाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य छ । तोकेको समयसीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।
काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आमनागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुड्सले ५० प्रतिशतको अफर अघि सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुड्सका प्रमुख कार्यकरी अधिकृत वस्तीको दाबी छ । प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बल तिर्न मिल्ने व्यवस्था छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर ०११–४७००५५४/४७००५५३ वा लस्कर फुडस अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन वस्ती बताउँछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया