एनसेलको चाडपर्व योजना : हरेक हप्ता २२ स्मार्टफोन जित्ने सकिने
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दशैं, तिहार र छठ पर्वको अवसरमा मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने योजना ल्याउने भएको छ । बिहीबारबाट लागू हुने योजनामा धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १÷१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन् । यसबाहेक, विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता एक स्मार्टफोन पाउन सक्नेछन् ।
यो योजना पाँच हप्ता अर्थात् कात्तिक २४ गतेसम्म सञ्चालनमा रहनेछ । यसको मतलब योजना अवधिमा कुल एक सय १० जना ग्राहकले स्मार्टफोन पाउनेछन् । स्मार्टफोन जित्नयोग्य हुन कम्तीमा ग्राहकले उल्लिखित देशहरुबाट कम्तीमा दुई मिनेट आगमन कलमा कुरा गरेको हुनुपर्दछ । ब्यालेन्स रिचार्जअन्तर्गत स्मार्टफोन जित्नयोग्य हुन भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनुपर्दछ ।
प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिनेछ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा एक जना ग्राहकले स्मार्टफोन पाउनेछ ।
यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरुमाझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदै छ । यस कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीतहरुमार्फत गीतसंगीतको आनन्द दिनेछन् भने कमेडियन सुमन कार्कीको हास्यकलाले मनोरञ्जन प्रदान गर्नेछ ।
योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर र काठमाडौंबाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् । यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया