Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा

टाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा


चितवन, माघ १५
नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टस्को एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लिले टाटाका विभिन्न कमर्सियल गाडीहरूका लागि टाटा मोटर्सको एकमात्र जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो ।

उक्त समारोहका क्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर. रामाकृष्णन, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेशनल बिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स लिमिटेड, इन्टरनेशनल बिजनेस कस्टमर केयर प्रमुख गणेश शेट्टी, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का प्रबन्ध निर्देशक विशाल पटेल तथा सिप्रदी अटोपार्टस् प्रा. लि. का प्रबन्ध निर्देशक युवराज बुढाथोकीले संयुक्त रुपमा टाटा मोटर्स जेन्युइन आयल अन्तर्रािष्ट्रय बजारमा औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गरेका थिए । उक्त समारोहमा १ देखि १५ लिटर रेन्जसम्मका विभिन्न प्याकमा उपलब्ध तीन विभिन्न उत्पादनहरू– टाटा जेन्युइन इन्जिन आयल, गियर आयल तथा रियर एक्सल आयल लन्च गरिएको थियो ।

कार्यक्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर. रामाकृष्णनले टाटा मोटर्स जेन्युइन इन्जिन आयल ल्याएर कम्पनीले ग्राहकहरूसँगको सम्बन्धलाई थप विस्तार गरेको बताए । यी उत्पादनहरुलाई लिएर कम्पनीले एकदमै सकारात्मक प्रतिक्रिया पाएको बताए । गाडीको अवस्था ठीक राख्न, कम इन्धन खपतका लागि र लामो ड्रेन इन्टरभलका लागि यो निकै उपयुक्त रहेको उनको भनाइ छ । त्यस्तै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सबै सेग्मेन्टहरूमा ग्राहक पहिलो रोजाइ भन्ने कम्पनीको उद्देश्यलाई पछ्याउँदै टाटा मोटर्ससँगको साझेदारीमा टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक गर्न पाउँदा निकै खुसीको महसुस गरेको बताए ।

टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेशनल बिजनेस प्रमुख राकेश मित्तलले सहज र निर्वाध यात्राको प्रत्याभूति दिनका लागि टाटा मोटर्स जेन्यूइन आयल बनाइएको बताए । यसले टाटा मोटर्सका कमर्सियल गाडीहरूका लागि सुपेरियर मल्टीप्रपोस आयल रेन्जको रुपमा काम गर्दै गाडीहरूको कार्यक्षमता बढाउने जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x