फोर्ड नेपालद्वारा रोडसाइड असिस्टेन्सको घोषणा
काठमाडौं । फोर्ड नेपाल (जीओ अटोमाबाइल्स प्रालि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ । आउँदो दशैँ र तिहारलाई मध्यनजर राख्दै आफ्नो ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो । फोर्ड नेपालले देशभर फैलिएको नेटवर्क सञ्जालमार्फत राजमार्गको कुनै पनि भागमा फोर्ड गाडीमा समस्या भएमा एक टेलिफोन कलको माध्यमबाट सेवा प्रदान गर्नेछ ।
फोर्ड नेपालले यस चाडपर्वको अवसरमा नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गरी दुई स्थानमा (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्ने जनाएको छ । फोर्ड नेपालले आफ्नो ‘परिवारजस्तै अनुभूति परिवर्तनका लागि’ ग्राहकवर्गसँग आफ्नो भावनात्मक सम्बन्धलाई यस योजनामार्फत बलियो रुपमा प्रस्तुत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया