Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविश्वका सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीमा सामसङ इलेक्ट्रोनिक्स पहिलो

विश्वका सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीमा सामसङ इलेक्ट्रोनिक्स पहिलो


काठमाडौं । विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ । विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनौटमा परेका सात सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको हो ।

छनौटमा परेका विभिन्न सात सय ५० कम्पनीमध्ये शीर्ष २० कम्पनीहरुको प्रतिस्पर्धामा सामसङ अगाडि आउन सफल भएको हो । फोर्ब्सले वर्षेनी सार्वजनिक गर्ने आफ्नो विभिन्न विधाको अध्ययनमा दक्षिण कोरियाली कम्पनी सामसङले वर्षेनी आफ्नो अग्रस्थान कायम गर्दै आइरहेको छ । फोर्ब्सको छनौटमा परेका शीर्ष २० कम्पनीहरुमा सामसङपछि दोस्रो स्थान आईबीएमले लिन सफल भएको छ ।

यस्तै तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः एमाजोन, एप्पल, अल्फाबेट, डेल, हुवावे, एडोव, बीएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरवस, डा. वेइटेकर, डेसल्ट र डेल्टा कम्पनी परेका छन् । कोरोना महामारीका कारण विश्वबजार नै अप्ठ्यारोमा परेका बेला समेत सामसङले आफूलाई विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा राख्न सक्नुलाई महत्वका साथ हेरिएको छ । नेपालमा पनि दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको महत्वपूर्ण हिस्सा रहेको छ । पछिल्लो समयमा यसका प्रयोगकर्ता झनै बढ्दै गएका छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x