लस्कर फुड्सले ल्यायो ‘कर्पोरेट लन्च अफर’, खाना मगाउँदा २५ प्रतिशतसम्म छुट
काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो ।
लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर/कार्यालयमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुड्सले यस अफरसँगै अरु विभिन्न अफर समेत ल्याएको छ ।
हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिशत छुट पाउने लस्कर फुड्सले जनाएको छ । लस्कर फुड्सले विभिन्न समयमा अनलाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समयसीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।
काठमाडौं उपत्यकावासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुड्सले कर्पोरेट लन्च अफर अघि सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुड्सका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ ।
प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर ०११–४७००५५४/४७००५५३, ९८८६५३८२६० कर्पोरेट लन्च अफरको बारेमा बुझ्न सकिने प्रमुख कार्यकरी अधिकृत ओस्ती बताउँछन् । लस्कर फुडस अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत ओस्ती बताउँछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया