एडभोएको फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेसन फेयर सम्पन्न
काठमाडौं । उच्च शिक्षा हासिल गर्न बेलायत जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी एडभोएको फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेसन फेयर सम्पन्न भएको छ । भर्चुअल एण्ड हाइब्रिड एजुकेसन फेयरमा बेलायतमा विद्यार्थीहरूले पढ्ने विषय, योग्यता, अवसर र उनीहरूले त्यहाँ रहँदा गर्नुपर्ने कामहरूबारे जानकारी गराइएको थियो । विद्यार्थीहरूले बेलायतमा रहेका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष आफनो जिज्ञासा राखेका थिए ।
उक्त कार्यक्रममा पहिलो सत्रमा वेबिनार तथा दोस्रो सत्रमा विद्यार्थीहरूलाई इन्टरनेटका माध्यमबाट युकेका विभिन्न विश्वविद्यालयसँग जोड्ने काम गरिएको एडभोएका प्रबन्धनिर्देशक फिलिप डिसीले बताए । डिसीले एडभोए एउटा डिजिटल प्लेटफर्म भएको जानकारी दिँदै विद्यार्थीहरूले घरमै बसेर पनि ल्यापटप वा मोबाइलको माध्यमबाट बेलायतमा रहेका हजारौँ पाठ्यक्रमहरू पढ्न सक्ने । तथा सयौँ विश्वविद्यालयहरूमा निवेदन दिन सकिने जानकारी गराए ।
विद्यार्थीहरूले फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेसन फेयरमा सहभागी भएर बेलायतको विश्वविद्यालयको बारेमा जानकारी लिन पाउँदौ खुसी भएको प्रतिक्रिया व्यक्त गरे । नेपालमै बसेर बेलायतका विश्वविद्यालय, त्यहाँको शिक्षा र परिवेश बारेमा थाहा पाउनु ठूलो उपलब्धि भएको बताए । उनीहरूले सो अवसर एडभोएले प्रदान गरेकोमा खुसी समेत व्यक्त गरे । पछिल्लो समय बेलायत पढ्न जान चाहने नेपाली विद्यार्थीको संख्या वृद्धि हुँदै गएकोले विद्यार्थी सहयोगी कार्यक्रम गरेको आयोजकको भनाइ रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया