दराजको शपिङ फेस्टिभल ११.११ कात्तिक २५ गते हुने
काठमाडौं । सबैभन्दा ठूलो अनलाइन शपिङ फेस्टिभल ११.११ फेरि सुरु हुन गइरहेको छ । ११ लाख उत्पादनहरूमा पाँच करोडको छुटसहित दराजले ११.११ को चौथो संस्करण कात्तिक २५ (११ नोभेम्बर २०२१)मा सुरु हुने कम्पनीले घोषणा गरेको छ ।
दशैँ धमाका अभियानको सफलतालगायत दराजले निर्बाध रूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको छ । यो भव्य अवसरको लागि तयारी गर्न दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिली १४ सय बढी नयाँ कर्मचारी, कस्टुमर केयर एजेन्ट र एक हजार डेलिभरी हिरोजहरू भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको कम्पनीले जनाएको छ ।
यस वर्षको ११.११ मा ११ लाखभन्दा बढी उत्पादनहरू प्रस्तुत गर्ने तथ्यलाई ध्यानमा राख्दै कम्पनीले देशभरका ४७ भन्दा बढी सहरहरूमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्नको लागि एक हजारभन्दा बढी डेलिभरी सवारीसाधनहरू थप गर्नु साथसाथै सात लजिस्टिक पार्टनर्सहरुसँग साझेदारी गरी आफ्नो शिपिङ क्षमता पनि बढाएको छ ।
दराजले यस वर्षको संस्करण ११.११ लाई गत वर्षको ठूलो सफलताको तुलनामा फेरि अर्को स्तरमा ल्याउने योजना बनाएको जनाएको छ । विगत एक वर्षमा दराजले आफ्नो डेलिभरी गति सुधार गर्न, डेलिभरी स्थानहरू वृद्धि गर्न, एसएमईहरूको उत्थान गर्न, लाइभ स्ट्रिमिङमार्फत नयाँ नवीन अनुभवहरू सिर्जना गर्न, ग्राहकहरूलाई रिवार्ड पोइन्टहरू प्रदान गर्न र गठबन्धनहरू बनाउनमा ठूलो लगानी गरेको छ । साथै पछिल्ला केही वर्षहरूमा सम्पूर्ण ई–कमर्स इकोसिस्टम विकास गर्न दराजले थुप्रै ब्रान्ड, मिडिया, डेलिभरी र पेमेन्ट पार्टनरहरुसँग नि साझेदारी गर्दै आएको कम्पनीले जनाएको छ ।
देशभरका प्रयोगकर्ताहरूका लागि अनलाइन किनमेलको अनुभव बढाउने वर्षभरको प्रयासको मूर्तस्वरूप यस वर्षको ११.११ अभियान हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया