Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसम्पत्ति कर अब ई–सेवामार्फत

सम्पत्ति कर अब ई–सेवामार्फत


काठमाडौं । काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । ई–सेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् । ई–सेवा एकाउन्ट नभएकाले भने ई–सेवा भएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने ई–सेवा फोन प्रालिले बताएको छ ।

यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान, हेटौँडा इटहरी उपमहानगरपालिका तथा बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धुलिखेल, गोकर्णेश्वर, कावासोती धनगढीमाई, कीर्तिपुर, मध्यबिन्दु, नमोबुद्ध, पुनर्वास, सुन्दरहरैचा, तिलोतमा र विष्णुपुर नगरपालिका तथा जोरपाटी केराबारी, थुलुङ गाउँपालिकाले पनि ई–सेवामार्फत कर तथा राजस्व असुली गर्दै आएका थिए । स्थानीय निकायले दुई तरिकाबाट ई–सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराई लगइन आइडी लिनुपर्नेछ । त्यसपछि ई–सेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने ई–सेवामा प्रत्यक्ष खाता खोल्नेको संख्या ५० लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब एक लाख ४० हजार एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) छन् भने ई–सेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x