‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुल्ला
काठमाडौं । शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, टीभीएस मोटर कम्पनीको नेपाली युवालक्षित एक सय २५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।
सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलोपटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध गरिएको छ । जगदम्बा मोटर्स प्रालिले नयाँ टीभीएस रेडरका लागि आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको जानकारी समेत दिएको छ ।
नयाँ बाइक सार्वजनिकको अवसरमा बोल्दै, टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस, अध्यक्ष, आर डिलिपले कम्पनीले नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन नयाँ सौगातका रुपमा एक सय २५ सीसी क्षमताको टीभीएस रेडर नेपालमा सार्वजनिक गरेको बताए । नेपाल कम्पनीको लागि विशेष प्राथमिकता बोकेको बजारका रुपमा रहेको समेत उनको भनाइ थियो । युवा उपभोक्ताहरुले टीभीएस रेडरको विशिष्ट राइड क्यारेक्टरलाई मन पराउनेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।
कम्पनीका अनुसार टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रवर्तनात्मक डिजाइन, पृथक् र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ । साथै यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दह्रिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ । टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटी पनि प्रदान गर्छ । यसमा विशेष डिजाइनसहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र इनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन् ।
यस्तै टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी इन्जिनको प्रयोग गरिएको छ । यसले छ हजार पाँच सय आरपीएममा ११.५ एनएम टर्क र आठ हजार आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको एक्सिलिरेसन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ ।
कम्पनीले यसमा ग्यास चाज्र्ड फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्सन, लो फ्रिक्सन फ्रन्ट सस्पेन्सन र स्प्लिट सिट, पाँच स्पिड गियरबक्स र १७ इन्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभव पनि प्राप्त हुन्छ । यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फुटपेग्सलगायत मेकानिकल विवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखी डिजाइन गरिएका छन् । कम्पनीका अनुसार टीभीएस रेडरको विकास यात्रुको आरामदायी र सहजतालाई विशेष ध्यानमा राखी गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया