ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा
काठमाडौं । स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहार २०७८को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८’, उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।
ओपो नेपालका ब्राण्ड डायरेक्टर, पियरसन शेनले ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको बताए । कम्पनीका लागि नेपाल विशेष प्राथमिकता बोकेको बजार रहेको उनको भनाई थियो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी रहेको भन्दै उनले स्थानिय महान चाडहरुमा उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ कम्पनीले समय समयमा विभिन्न उपहार योजनाहरुको घोषणा गर्दै आइरहेको बताए । ओपो तिहार योजना यसैको एक अभिन्न अंग रहेको उनको भनाई थियो । उनका अनुसार क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्छन् ।
सहभागिताका लागि उपभोक्ताले ओपो नेपाल क्याम्पेन डट कममा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ । यसरी सहभागीहरु मध्यबाट लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ । ओपो तिहार अफर, उपहार योजना नोवेम्बर १ देखि नोवेम्बर ७, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया