आन्तरिक पर्यटन र अफ–रोडिङ कल्चर प्रवर्द्धनका लागि फोर्ड नेपालको ‘अफ टु नुवाकोट’ कार्यक्रम
काठमाडौं । फोर्ड नेपाल (जीओ अटोमोबाइल्स प्रालि) ले नेपालमा आन्तरिक पर्यटन प्रवर्द्धन र अफ रोडिङ्ग संस्कृतिको विकास गर्ने उद्देश्यले आफ्नो ग्राहक संलग्नता कार्यक्रमको रूपमा चिनिने ‘अफ टु नुवाकोट’ ४×४ कार्यक्रम सञ्चालन गरेको छ ।
अफ टु नुवाकोट ४×४ कार्यक्रमको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धनको साथसाथै आरोहणको अवधारणालाई उकास्ने रहेको कम्पनीको भनाइ छ । यो एक दिनको पारिवारिक कार्यक्रम हो, काठमाडौं उपत्यकाबाट छोटो दूरीमा रहेको तर यो नेपालको प्राचीन र ऐतिहासिक स्थलहरूमध्ये एक नुवाकोटसम्मको यात्रा हो । -याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो, जुन यात्राको बीचमा वन क्षेत्र र वनस्पति र पुरातन सांस्कृतिक गाउँहरूसहितको सबैभन्दा रमणीय स्थानहरु थिए । यो कार्यक्रम विशेषगरी फोर्डको ४×४ ट्रक जीवनशैलीको प्रदर्शनमा केन्द्रित ग्राहक संलग्नता कार्यक्रमको एक हिस्सा हो ।
नुवाकोट नौ सय मिटरको उचाइमा रहेको नुवाकोट बजारको बीचमा समय परिवर्तनले अक्षुण्ण पुरानो किल्ला गौरवशालीका साथ उभिएको छ ।
२०७२ वैशाख १२ गते गएको भूकम्पमा दरबारको भित्री भागमा केही क्षति पुगे पनि भवनहरू अझै अक्षुण्ण छन् र परिसरको भ्रमण गर्न सकिन्छ । आधुनिक नेपालको इतिहासलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने सम्पदाको संरक्षणका लागि पुनर्निर्माणको प्रयास भइरहेको छ ।
ऐतिहासिक र सांस्कृतिक महत्वका बाबजुद दरबार अझै पत्ता नलागेको खजाना हो । साततले दरबारको किल्ला १८औँ शताब्दीमा पृथ्वीनारायण शाहको शासनकालमा बनेको थियो । यसले मल्ल र पछि चिनियाँ सेनाको आक्रमणको थोरै प्रमाण देखाउँछ । कम्पनीका अनुसार ‘अफ टु नुवाकोट’को अवधारणा विशेषगरी फोर्ड लाइफस्टाइल ट्रकहरूको प्रदर्शनको साथमा अन्वेषण र यात्राको संस्कृतिलाई जोड दिनु हो । करिब ४० जना सहभागीहरुसँग फोर्डले जंगल भ्रमण, जिपलाइन र साइट सिइङजस्ता बीचमा धेरै गतिविधिहरुसहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो ।
नुवाकोटमा दिगो कफी खेतीलाई प्रवद्र्धन गर्ने नुवा एस्टेट फार्मको भ्रमण गरेर कार्यक्रमको समापन भएको थियो । ४×४ कार्यक्रमको अवधारणा बजार विकास र फोर्ड एडभेन्चर गाडीहरू जस्तै फोर्ड रेन्जर, फोर्ड रेन्जर -याप्टर र नयाँ लाइन अप फोर्ड एभरेस्टको प्रवद्र्धनसँगै आएको कम्पनीका प्रतिनिधि बताउँछन् । यी सबै सक्षम गाडीहरु थाइल्यान्डका हुन् । यी गाडीहरु प्रदर्शन र क्षमताको लागि परिचित छन् ।
फोर्ड नेपालले आफ्नो साहसिक कार्यक्रमको एक हिस्साको रूपमा हरेक वर्ष विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ । पछिल्लो दिनमा ड्राइभ टु मनाङ, ड्राइभ टु लोमाङथाङ र मुस्ताङ एडभेन्चरजस्ता सफल कार्यक्रमहरु भएका छन्, जुन नेपालमा साहसिक घटनाहरुको बेन्चमार्क हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया