दराज र एभरेष्ट बैंकबीच सम्झौता
काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराजद्वारा आयोजित दराज ११.११ अभियानमा छुट साझेदारीको लागि दराज र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौतापत्रमा दराजका प्रबन्धनिर्देशक लिनो अहलरिंङ र एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक आशुतोष शर्माले हस्ताक्षर गरेका थिए । एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर दराज ११.११ अभियानमा सहभागी भई सामान खरिद गर्दा एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट प्रदान गर्नेछ ।
उक्त कार्यक्रम ११ नोभेम्बेर, २०२१ मा लाइभ हुनेछ, जहाँ बैंकले दराज एप र वेब साइटहरुमा एभरेष्ट डेबिट/क्रेडिट कार्डहरु प्रयोग गरी सामान खरिद गर्नेहरुलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछन् । ग्राहकहरुले क्रेडिट कार्डमा अधिकतम तीन हजार पाँच सय रुपैयाँ र डेबिट कार्डमा तीन हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया