Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमंगलम पाइप्सद्वारा नेपाल प्रहरीका प्लम्बर टेक्निसियनमा तालिम प्रदान

मंगलम पाइप्सद्वारा नेपाल प्रहरीका प्लम्बर टेक्निसियनमा तालिम प्रदान


काठमाडौं । युके एडको सहयोगमा यूएनओपीएस र प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशानलय नक्सालद्वारा ‘ट्रेनिङ फर प्लम्बर टेक्निसियन’ तालिम कार्यक्रम सञ्चालन गरिएको छ । विगत केही हप्तादेखि प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन हुँदै आइरहेको कार्यक्रममा राम्रा र गुणस्तरीय नेपाली ब्राण्डहरुलाई तालिम प्रदान गर्न गरिएको निमन्त्रणालाई स्वीकार गर्दै मङ्गलम पाइप्सले तालिम प्रदान गरेको हो ।

सो ट्रेनिङमा मंगलम पाइप्सले आफ्नो उत्पादनहरुको विषयमा जानकारी तथा प्लम्बरहरुलाई प्लम्बिङ गर्दा आउने समस्याहरु, सामान रोज्दा ध्यान दिनुपर्ने कुरा, प्रेसर टेस्टिङको आवश्यकता र त्यसको उपयोग गर्ने सही तरिकालगायत सफल प्लम्बर हुनको लागि चाहिने महत्वपूर्ण कुराहरुको विषयमा जानकारी प्रदान गरेको थियो ।

कार्यक्रममा मंगलम पाइप्सको तर्फबाट मनोहर पौडेलले मङ्गलमको उत्पादन र प्लम्बिङसम्बन्धी जानकारी दिएका थिए । तालिम सञ्चालक समितिका को–अर्डिनेटर र सदस्य साथै भौतिक परियोजना प्रहरी कार्यालयअन्तर्गत प्रशासनिक कार्यमा कार्यरत रहेका पुरुषोत्तम माझीले प्रहरीमा आबद्ध भई जागिर गरिरहेका टेक्निसियनहरुको सीप तथा ज्ञानको वृद्धि विकासलाई मध्यनजर गरेर यो कार्यक्रम आयोजना गरिएको बताए । यस्तो तालिमको पहिलोपटक आयोजना गरिएको उनको भनाइ थियो ।

कार्यक्रमका पर्यवेक्षक एवम् २३ वर्षदेखि प्लम्बिङ क्षेत्रमा आबद्ध साथै २१ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत रहेका ज्ञानचन्द्र पाहा श्रेष्ठले सीटीईभीटीमा पहिलेदेखि तालिम पठाउँदा खर्चिलो हुने र खोजेकोे उपलब्धि नपाएको हुनाले पहिलो पटक यो तालिम प्रहरी कार्यालयमा सञ्चालन गरेको बताए । यस्तो उपलब्धिमूलक कार्यक्रम गर्नाले नयाँ पुराना सबै टेक्निसियनहरुलाई नयाँ प्रविधि उत्पादनको जानकारी हुने र थप ज्ञान हासिल हुने उनको भनाइ छ ।

बजारमा रहेका राम्रा उत्पादनकर्ता कम्पनीहरुले टेक्निसियनको थप वृद्धि विकासको लागि आफ्नो पाइप र फिटिंग्सहरु ग्यारेन्टीका साथ उपलब्ध गराइदिनुपर्ने पनि उनले बताए । टेक्निसियन र प्लम्बरहरुलाई केही समस्या परेमा वा दुर्घटनामा पर्दा कम्पनीले आफ्नो तर्फबाट बीमा तथा केही राहत र आर्थिक सहयोगहरु पनि प्रदान गरिदिनुपर्नेमा उनले जोड दिए । मंगलम इन्डस्ट्रिज प्राइभेट लिमिटेड नेपालको पहिलो सीपीभीसी पाइप र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x