काठमाडौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा
काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौँ–लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ ।
हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका लागि यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ । सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्डबाट यात्रा सुरु भएको हो । यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाडौँ–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब नौ सय किलोमिटर यात्रा गर्नेछन् ।
नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा ‘फ्ल्याग अफ’ गरेर यात्राको औपचारिक सुरुवात गरेका हुन् । उनले यात्रामा सहभागी सबै मोटरसाइकल चालकहरुलाई अनुशासित भएर सतर्कता अपनाउँदै भ्रमण पूरा गर्न आग्रह गरे । यस्तै कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल पर्यटन बोर्डले बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया