ओपोद्वारा चौथौँ सीएसआरटेक ईन्नोभेशन समिटको सहआयोजन
काठमाडौं । ओपो, अरेन्ज, डोएट्चे टेलिकोम र सेन्ट–गोबेनले शांघाईमा आयोजित चौथौँ सीएसआरटेक ईन्नोभेशन समिटको सहआयोजन गरेको छ । दिगो विकासका लागि यूएन (संयुक्त राष्ट्र) २०३० एजेन्डाको रुपरेखा अनुरुप शिखर सम्मेलनको उद्देश्य दु्रत गतिमा परिवर्तित भएरहेको विश्व वातावरणीय र सामाजित चुनौतीहरुका लागि नवप्रबर्तनात्मक समाधानहरुको पहिचान गर्नु थियो ।
ब्राण्डको मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’संग पंक्तिबद्ध, ओपोले उपकरणको डिजाइन, उत्पादन र सञ्चालनमा दिगोपन बारे आफ्नो बुझाई तथा अनुभव प्रस्तुत गर्दै उद्यमीहरुलाई प्राविधिक नवप्रबर्तन मार्फत दिगो विकासका लागि योगदान दिन नयाँ तरिकाहरुको खोजी गर्न अनुरोध गरेको थियो । यस बर्षको सीएसआर ईन्नोभेशन समिट ग्रहको रक्षा, दिगो ब्यापार र मानव कल्याणको महत्व गरी विशेषतः तीन ओटा लक्ष्य प्राप्तिका लागि नवप्रबर्तनात्मक समाधान खोज्ने तिर केन्द्रित रहेको कम्पनीले जनाएको छ ।
मञ्चले स्टार्टअप्सलाई स्थापित औद्योगिक खेलाडी तथा लगनीकर्ताहरुसंग अन्तरक्रिया गर्दै यी उद्देश्य प्राप्तिका आफ्ना नयाँ उत्पादन, सेवा र प्रविधि प्रस्तुत गर्र्ने अवसर प्रदान गरेको थियो । सम्मलेनका क्रममा ओपोले हरित उत्पादन डिजाइनका बारेमा आफ्ना अनुभव प्रस्तुत गरेको थियो । प्रस्तुति अन्तर्गत कार्वन फुट प्रिन्ट्स घटाउन र प्लास्टिक फोहर न्यूनिकरण गर्न सक्षम डिजाइनहरुका साथै हलुका प्याकेजिंग डिजाइनहरु सम्मिलित थिए । ओपोले सर्कुलर इकोनोमीलाई समर्थन गर्ने र फोहर न्यूनिकरण गर्ने माध्यमका रुपमा आफ्नो ट्रेड–इन सेवापनि प्रस्तुत गरेको थियो ।
सम्मेलनको प्रारम्भिक रुपमा बेइजिंग, सांघाई र शंचनमा गरी सीएसआरटेक ईन्नोभेशन र उद्यमशीलता कार्यशालाहरुको आयोजना गरिएको थियो । शंचनमा आयोजित कार्यशालामा ओपोले युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी) चाइना अफिसका युथ प्रोग्राम अफिसरलाई नवप्रबर्तन र उद्यमशीलताका विषयमा किनोट प्रस्तुतिका लागि र साथै, सुन्ने र बोल्ने समस्या भएका मानिसहरुका लागि सहयोगी डिजाइनमा केन्द्रित टेक स्टार्ट–अप, भोइबुक टेक्नोलोजीलाई सिटी भोइस म्यासेन्जर प्रोजेक्टमा ओपोसंग तिनको सहकार्यका बारेमा बोल्न आमन्त्रित गरेको थियो ।
समिटका लागि विश्वभरका स्टार्ट–अप्सबाट बृहत्त संख्यामा आवेदनहरु प्राप्त भएका थिए । ती मध्यबाट पिच प्रक्रियाका लागि उत्कृष्ट १२ लाई मात्र आमन्त्रित गरिएको थियो । ती १२ स्टार्ट–अप्स मध्य भोइबुक टेक्नोलोजी र एसएटीओआर टेकलाई तिनका विचारका लागि उत्कृष्ट स्टार्ट–अपका रुपमा सम्मानित गरिएको थियो । भोइबुक टेक्नोलोजी, सुन्न र बोल्ने समस्या भएका समुहको सञ्चार अवस्थामा सुधारका लागि एआई प्रविधिको प्रयोगमा समर्पित नवप्रबर्तनात्मक सामाजिक उद्यम हो । एसएटीओआर टेक, उर्जा, घर जग्गा र अटोमोबाइल उद्योग अन्तर्गतका कम्पनीहरुका लागि स्व–विकासित एआई र स्वायत्त ड्राइभिंग प्रविधिहरुमा आधारित समग्र समाधान उपलब्ध गराउने उद्देश्य बोकेको स्टार्ट–अप हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया