Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनोकिया ६३१० सार्वजनिक

नोकिया ६३१० सार्वजनिक


काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले ब्रान्ड–न्यू नोकिया ६३१० को घोषणा गरेको छ । यस उपकरणले २.८ इन्च स्क्रिनको साथ नोकिया ६३१० को ओरिजिनल र आइकोनिक सिल्हूटलाई प्रस्तुत गर्दछ ।

कम्पनीका अनुसार यसमा एक्सेसिबिलिटीको सुविधाहरू, लामो ब्याट्री जीवन, बिल्ट टु लास्ट कडा शरीर र पहिलेको प्रसिद्ध स्नेक गेम उपलब्ध रहेको छ । नोकिया ६३१० ले आजको आवश्यकताको लागि पहिले धेरै रुचाइएको क्लासिक नोकिया फोनहरूको पुनरुत्थानलाई पछ्याएको कम्पनीको दाबी छ । प्यान एसिया एचएमडी ग्लोबलका क्षेत्रीय प्रमुख तथा जेनेरल म्यानेजर रबि कुँवरले नोकिया ६३१० एक पुनः कल्पना गरिएको फिचर फोन भएको र अन्य नोकिया फोनहरू जस्तै यो लामो समयसम्म टिक्नको लागि बनाइएको बताए ।

कम्पनीका अनुसार नोकिया ६३१० लाई ताजा र पुनः आविष्कार गरिएको छ, जसले स्क्रिन टाइमलाई पहिलेभन्दा धेरै सहज र रमाइलो बनाउँछ । ठूला पुस बटनहरू र एम्पल डिस्प्लेको साथ, यसमा मेसेजहरू पढ्न, प्रियजनहरूसँग कनेक्ट हुन वा आफ्नो मनपर्ने एप्लिकेसनहरू सजिलै र गतिमा फेला पार्न सकिनेछ ।

नोकिया ६३१० मा आफ्नो मनपर्ने न्यूजको च्यानलहरू, खेलकुदहरु वा संगीत स्टेसनहरू भरपर्दो कनेक्टिभिटीको साथ सुन्न सकिनेछ । यो मौलिक शैलीको नोकिया फोन एक्सेसिबिलिटी मोडको साथ अझ सुविधाजनक भएको छ । यो कार्यक्षमताले स्वचालित रूपमा उपकरणको दृश्यलाई एक पटकमा एउटा आइकनमा कन्फिगर गर्न सक्छ, सुधारिएको पठनीयताको लागि ठूलो फन्टहरु प्रस्तुत गर्नसक्छ ।

नोकिया ६३१० मा हप्ता दिनसम्म टिक्ने ब्याट्री लाइफको क्षमता रहेको छ । यो स्मार्टफोन गहिरो गाढा हरियो र डेरिङ पहेँलो रंगका ताजा र बोल्ड रङको भेरियन्टहरूमा उपलब्ध रहेको छ । यस्तै ड्युरेबिलिटीकोे साथ यो फोनमा कडा पोली कार्बोनेटको शेल रहेको छ, जुन दैनिक जीवनमा आउनसक्ने नक्स र बम्पहरूबाट सुरक्षा प्रदान गर्न पर्याप्त बलियो रहेको छ । नोकिया ६३१० नेपालमा गाढा हरियो र पहेँलो रंगमा उपलब्ध छ, यसको मूल्य नेपाली छ हजार दुई सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x