शाओमीको टीभी र फोन किन्दा विशेष छुट
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्सिप फोन पोको एफ ३ जीटी र मी टीभीमा पाँच हजार रुपैयाँबराबरको छुट ल्याएको छ । आफ्नो उपभोक्ताहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले पोको एफ ३ जीटी र मी टीभीमा छुटको व्यवस्था गरेको हो ।
टुर्वो एमोलेड डिस्प्ले र फ्ल्याग्सिप मिडिया टेक चिपसेटयुक्त यो फोनमा १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याम्प्लिङ् रेट रहेको छ । यो एउटा प्रिमियम स्मार्टफोन हो, जसमा म्याग्लेव ट्रिगर भएकोले एक स्वीचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिन्छ । कम्पनीका अनुसार यो मोडल गेम खेल्ने र नखेल्ने दुवै वर्गको लागि उत्कृष्ट छनोट हो । त्यसैगरी मी टीभी पनि एक शानदार डिजाइन, बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रंग संयोजन भएको दमदार टेलिभिजन हो ।
एन्ड्रोइडमा चल्ने यो टीभीमा रेकमेन्डेसन सिस्टम हुनुको साथै अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्महरु सपोर्ट गर्छ । साथै उत्कृष्ट डिजाइन भएकोले घरको जुनसुकै कोठामा राखे पनि राम्रो सुहाउने हुन्छ । ३२ इन्चको ठुलो स्क्रिन भए पनि यसले एकदम थोरै ठाउँँ ओगट्छ र यसको तौल् पनि जम्मा चार किलोग्राम मात्र रहेको छ । पहिला ५६ हजार नौ सय ९९ रुपैयाँ मूल्य भएको पोको एफ ३ जीटीलाई कम्पनीले ५१ हजार नौ सय ९९ रुपैयाँमा र ३४ हजार नौ सय ९९ रुपैयाँ मूल्य भएका मी टीभीलाई २९ हजार नौ सय ९९ रुपैयाँमा दिने निर्णय गरेको छ । पोको एफ ३ जीटीमा एक वर्षको बीमा पनि रहेको छ जुन आधिकारिक बिक्री केन्द्रहरुबाट खरिद गर्दा उपलब्ध हुनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया