मेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि निःशुल्क दन्त शिविर
काठमाडौं । काठमाडौंमा सञ्चारमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य सुविधामा ध्यान राख्दै मेट्रो अनलाइन ट्याक्सीले ललितपुरको जावलाखेलमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ । कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा शनिबार दन्त शिविर आयोजना गरेको हो । सो दन्त शिविरमा एक सयभन्दा धेरै ट्याक्सी चालकहरुको दन्त परीक्षण गरिएको थियो ।
मेट्रो अनलाइन ट्याक्सीले आफ्नो एपमा आबद्ध भएका चालकहरुलाई सुविधा दिने उद्देश्यले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा हाल दन्तशिविर सञ्चालन गरेको हो । मेट्रो अनलाइन ट्याक्सीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले पहिलो पटक दन्त शिविर सञ्चालन गरिएको जानकारी दिँदै यसलाई आगामी दिनमा मासिकरुपमा उपत्यकाभर शिविर सञ्चालन गरिने जानकारी दिए । सो शिविरमा चालकहरुलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरु समेत निःशुल्क प्रदान गरिएको थियो ।
शिविर सञ्चालन हाम्रो डेन्टल क्लिनिकका सञ्चालक डा. सरोज घिमिरेको नेतृत्वमा छजना स्वास्थ्य प्राविधिकहरुले परीक्षण तथा सेवा प्रदान गरेका थिए । मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ । यस मेट्रो अनलाइन ट्याक्सीमा पाँच हजारभन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया