ट्रियो इलेक्ट्रिक अटोे चितवनमा सार्वजनिक
काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो चितवनमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर–९, हाकिमचोकमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो ।
महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट आठ लाख ४० हजार रुपैयाँ शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् । महिन्द्रा ट्रियो १० हजारभन्दा बढी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो ।
अग्नि इनर्जीका भरतपुर–९, हाकिमचोक, चितवनका लागि बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्धनिर्देशक राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रियोले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ । ट्रियो ठूलोमात्र नभई विद्युतीय सवारीसाधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) दुई हजार ७३ मिलिमिटर ह्विलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया