बाल्ट्रा हरेक हप्ता सुनको सिठ्ठी योजनाका विजेता सार्वजनिक
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एपलायन्सले सर्वसाधारणका लागि ल्याएको ‘बाल्ट्रा बडा उत्सव’ योजनाअन्तर्गत पहिलो, दोस्रो र तेस्रो हप्ताका भाग्यशाली विजेताहरु सार्वजनिक गरिएको छ ।
बाल्ट्राको कुनै पनि सामानको खरिद गरी सहभागी सम्पूर्णमध्ये गोलाप्रथाद्वारा काठमाडौंकी उन्नति श्रेष्ठ पहिलो हप्ताका विजेता बन्न सफल भएकी छिन् । त्यसैगरी सुर्खेतकी ईश्वरी वि.क दोस्रो हप्ता र जीतपुरका राजकुमार सोनी तेस्रो हप्ताका विजेता बन्न सफल भएका छन् । यस योजनाका सबै विजेताहरु २२ क्यारेट, ४ ग्राम नेट तौलको सुनको सिठ्ठी प्राप्त गर्नेछन् ।
नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । सहभागी हुनको लागि बाल्ट्रा टाइप गरी एक स्पेस दिएर भ्याट वा पान नम्बर लेखी एक स्पेस दिएर आफ्नो टाइप गरी ३४००१ मा एसएमएस गर्नुपर्ने हुन्छ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्नेछ । साथै उपहारमा लागू हुने कर विजेता आफैँले व्यहोर्नुपर्ने छ । यस उपहार योजना सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया