Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअन्तरिक्षसम्बन्धी नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै

अन्तरिक्षसम्बन्धी नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै


काठमाडौं । अन्तरिक्ष गतिविधि र नेपाली युवाहरुले गरेको सफलताबारे जानकारी दिने उद्देश्यले पहिलोपटक स्पेस टेक इनोभेसन प्रदर्शनी हुने भएको छ । युथ फर नेशनले नेपालमा नै पहिलोपटक अन्तरिक्षसम्बन्धी जानकारी दिनका लागि यही मंसिर १४ र १५ गते दुई दिने प्रदर्शनी गर्नलागेको हो । प्रदर्शनीमा नेपाली युवाहरुले तयार पारेको रकेट, स्याटेलाइट, अन्तरिक्षसम्बन्धी उपकरणहरु, टूलहरु, सफ्टवेयरलगायतका विषयहरु प्रदर्शनमा राखिनेछ ।

काठमाडौंको धुम्वाराहीस्थित शंखपार्कमा आयोजना हुने दुई दिने प्रदर्शनीले नेपाल युवाहरुलाई आगामी दिनमा अन्तरिक्षको बारेमा थप चासो जगाउने र सो क्षेत्रमा आकर्षित गर्ने आयोजकले अपेक्षा राखेको छ । सो प्रदर्शनीमा अन्तरिक्ष र त्यससँग सम्बन्धित विषयहरुमा प्रदर्शन गर्नुका साथै सोसम्बन्धी ज्ञानवद्र्धक जानकारीहरु समेत प्रदान गरिने लक्ष्य राखिएको छ । स्पेस टेक इनोभेसन प्रदर्शनीमा नियर स्पेस, नास्ट, नेशनल एजुकेसन हब, एक्सप्लोर ग्रुप, रिकास्ट, काठमाडौं महानगरपालिका वडा नम्बर ४, साइन्स टिचर एसोसिएसन नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ओरेल पार्क क्यान महासंघले सहआयोजना गरेका छन् ।

प्रदर्शनीलाई दाह्री ग्याङ्ग, बीपी प्लानेटरियम, अर्थ मन्त्रालयले सपोर्ट गरेका छन् भने एजुकेसन पार्टनरमा मर्सी एजुकेसन, आदिम कलेज रहेका छन् । त्यसैगरी हेल्थ पार्टनरमा डक्टर्स होम केयर रहेको छ भने टेक्नोलोजी पार्टनरमा टप नेपाल इन्टरनेशनल प्रालि र कल्की आईओटी रहेको छ । यसको ट्राभल पार्टनरमा कार हायर नेपालले सहयोग गरेको छ भने मिडिया पार्टनरमा रिभोसाइन्स नेपाल, टेक्नोलोजीखबर डटकम, आईसीटी फ्रेम, पीएलएखबर रहेका छन् । अनुसन्धान पार्टनरमा जीसी रिसर्च एण्ड डेभलपमेन्ट छ भने सोसल मिडिया पार्टनरमा जोक्स नेपाल रहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x