धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटोे !
धनगढी । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो धनगढीमा पनि सार्वजनिक गरेको छ ।
बुटवल, चितवन, हेटौंडालगायतका ठाँउहरुमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेलगत्तै क्याम्पस रोड, धनगढी–८, कैलालीमा पनि सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार रुपैयाँ शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ । महिन्द्रा ट्रियो १० हजारभन्दा बढी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो ।
सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले छ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेकोे छ । अग्नि इनर्जीका धनगढीका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्धनिर्देशक बीएण्डए अटोमोटिभ्स प्रालिका प्रबन्धनिर्देशक अभिनाश चौधरी, धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, महिन्द्रा एलएमएमका निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ठ कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलका साथै धनगढी उपमहानगरपालिका वडा सदस्यहरुका उपस्थितिबीच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरिएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया