‘फाइबर टू द होम’ सेवाको सहज पहुँच
धनगढी । नेपाल टेलिकमले उपलब्ध गराउनथालेको एफटीटीएच (फाइबर टू द होम) सेवाको सहज पहुँच हुनथालेको छ । कैलालीमा छोटो अवधिमा यो सेवा छ हजारभन्दा बढी ग्राहकले लिएका छन् । यो सेवाअन्तर्गत ग्राहकको घरमा जडान हुने फाइबरको एउटै तारवाट तीनवटा सेवा एकसाथ प्राप्त गर्न सकिन्छ ।
सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा उपलब्ध भइरहेको फाइबर तारसहितको यो सेवा नयाँ रहेको बताइएको छ । टेलिकमको धनगढीस्थित कार्यालयका प्रमुख सुरतबहादुर मल्लले यो सेवा लिनेहरुले फाइबरको एकै तारवाट तीव्र गतिको इन्टरनेट सेवाका साथै टेलिभिजन च्यानल र ल्यान्डलाइन फोनको सेवा एकसाथ प्राप्त गर्न सकिने बताए ।
हाल दिइरहेको सुस्त गतिको कपर नेटवर्क (एडीएसएल इन्टरनेट) सेवालाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको यो सेवा टेलिकमको नेटवर्क भएका क्षेत्रमा धमाधम विस्तार भइरहेको छ । यो सेवाअन्तर्गत इन्टरनेट मात्रको पनि सुविधा लिन सकिने बताइएको छ । यस्तै इन्टरनेट र टिभी च्यानलको मात्र तथा इन्टरनेट, टिभी र ल्यान्डलाइन फोनको सेवा पनि लिन सकिन्छ ।
आगामी माघ १ गतेसम्मका लागि एफटीटीएचका तीनवटै सेवा एकसाथ लिन चाहने ग्राहकलाई वार्षिक न्यूनतम १५ हजार नौ सय ८० रुपैयाँ शुल्क लाग्ने बताइएको छ । यस्तै इन्टरनेट र ल्यान्डलाइन फोनका लागि मात्र वार्षिक १० हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । इन्टरनेट सेवा मात्रका लागि योभन्दा कम शुल्क तोकिएको छ । ‘छोटो अवधिमा यो सेवाप्रति ग्राहकको आकर्षण बढेको छ’, प्रमुख मल्लले भने, ‘वायरलाइन तारसहितको फोरजी सेवा भएकाले इन्टरनेट पनि तीव्र गतिमा चल्ने गर्छ ।’
कपर नेटवर्क (एडीएसएल) सेवाको तुलनामा यो एफटीटीएच सेवाको क्षमता बढी हुने गरेको छ । कैलालीको हकमा धनगढीसहित अत्तरिया, भजनी, टीकापुर र लम्कीमा यो सेवा विस्तार भइरहेको छ । प्रमुख मल्लले हाल सुदूरपश्चिम प्रदेशका बाजुरा, दार्चुला र बझाङबाहेक सबै जिल्लामा यो सेवा विस्तार भइरहेको बताए ।
नेपालमा पाँच वर्षअघि देखि नेपाल टेलिकमले यो एफटीटीएच सेवा दिन थालेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया