Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअविताको फास्ट–फर्वार्ड ल्यापटप नेपालमा

अविताको फास्ट–फर्वार्ड ल्यापटप नेपालमा


काठमाडौं । अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारतजस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ । अविताले बजारमा एक अतुलनीय तर निर्बाध कम्प्युटिङको अनुभव दिनेमा विश्वस्त छ । यसमा भविष्यवादी दृष्टिकोणले प्राविधिक विकासहरूसँगै नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहनाअनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।

अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृंखलाहरु ल्याएको छ । यो ब्रान्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपूर्व विशेषताले भरिपूर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

यो ब्रान्डको ‘एसेन्सियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृंखलाले नेपालको बजारलाई उत्साहित गर्नेछ । सबै अविताका उत्पादनहरू दुई वर्षको अन–साइट वारेन्टीसहित आउँछन् भने ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी आउँछ । नेक्ष्टजिओ कम्पनी लिमिटेडका सीईओ र सह–संस्थापक एलेक्स चुङले भने, ‘हामी अन्ततः हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित छौँ, हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने हो र यससँगै हामीले हाम्रा उपभोक्ताहरूको हृदयमा विश्वव्यापी पदचिह्न छोड्ने योजना पनि बनाएका छौँ ।’

अविताका क्षेत्रीय व्यापार निर्देशक सीमा भटनागरले अविताका नयाँ ल्यापटप शृंखलालार्ई नेपालका प्राविधिक प्रयोगकर्तामाझ ल्याउन पाउँदा अत्यन्त उत्साहित रहेको बताइन् । कम्पनीले विशिष्ट सिरिजका ल्यापटपहरु ल्याउने र यसले ग्राहकमा बढ्दो माग सृजना गर्ने दाबी गरिन् । उनले भनिन्, ‘एउटा अन्तर्राष्ट्रिय टेक ब्रान्ड रहनुका कारण हामी ल्यापटप खरिदकर्ताहरुका लागि एक शीर्ष छनौट बन्ने र आफ्नो हर क्षमताअनुसार सेवा प्रदान गर्न तत्पर छौँ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x