Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोण्डाको नयाँ एमेज २०२१ नेपालमा लन्च

होण्डाको नयाँ एमेज २०२१ नेपालमा लन्च


काठमाडौँ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियर्सका साथ होण्डाको एमएमसी एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।

यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआरएल्सका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्नेछ । यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर १५ एलोए ह्विल्स हो ।

त्यसैगरी यस एमेज २०२१ मा गाइडलाइनसहितको रियर मल्टिभ्यु क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि एनक्याप बाट ४ स्टार सेफ्टी रेटिङ्ग समेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सीभीटी गियर बक्स रहेको छ ।

यस कारमा रहेको स्लिक सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सि सेफ्ड एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डलजस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x