फोटोनको स्कुल भ्यान सार्वजनिक
काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको लक्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ । आईएसएफ २.८ क्युमिन्स जडित इञ्जिन भएको स्कुल भ्यानमा एउटै इञ्जिनबाट चल्ने एयर कन्डिसन रहेको छ ।
उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेन्टी गर्ने यो स्कुल भ्यान सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ । विद्यार्थीलाई सुविधासम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरी नेपाली बजारमा ल्याइएको स्कुल भ्यानमा विशेष प्रकारको सुविधा रहेका छन् । साथै विद्यालय र विद्यार्थीको सुविधालाई ध्यानमा राखेर अन्य एसेसोरिज पनि थप्न सकिने कम्पनीले जनाएको छ । आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा एसि भेन्ट र सिट बेल्ट रहेको छ ।
भ्यानमा आरामदायी सेमि रिक्लाइनिङ सिट रहेका छन् भने सुरक्षालाइ ध्यानमा राख्दै एयर ब्याग पनि रहेको छ । भ्यानमा सामान राख्नको लागि पर्याप्त ठाउँको साथै ब्याग समेत राखेर आरामसँग बस्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालभर १० वटाभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया