Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचांगन अटोले २ हप्तामै १ हजार टेस्ट ड्राइभ गरायो

चांगन अटोले २ हप्तामै १ हजार टेस्ट ड्राइभ गरायो


काठमाडौं । चांगन अटोले दुई हप्ताको अन्तरालमा आफ्नो प्रिमियम सेडान ‘एल्सभिन’को एक हजार टेस्ट ड्राइभ गराउन सफल भएको छ । यस प्रिमियम सेडानको पप–अप शोरुम, २२ नोवेम्बरदेखि सोल्टी होटेलमा रहेको छ ।

ग्राहकहरुले सोल्टी होटेल गई एल्सभिनको टेस्ट ड्राइभ गर्न सक्नेछन् । टेस्ट ड्राइभका लागि हप्ताको सातै दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ । चांगन अटोले, काठमाडौँ उपत्यकाको विभिन्न अपार्टमेन्टहरुमा गाडी प्रदर्शनको लागि राखिएको थियो । ती अपार्टमेन्टवासीहरुले एल्सभिनको टेस्ट ड्राइभ र सुविधाहरुबारे बुझ्ने अवसर पाएका थिए । यसबाहेक ग्राहकहरुले अन–कल टेस्ट राइड पनि लिन सक्नेछन् । साथै ग्राहकहरुले आफ्नो अनुकूल स्थानमा टेस्ट ड्राइभ लिनसक्ने कम्पनीले जनाएको छ ।

सोल्टी होटेलमा एल्सभिनको टेस्ट ड्राइभ जनवरी १९, २०२२ मा सकिनेछ । यो साथसाथै विभिन्न हाउजिङमा पनि गाडी डेमोका लागि राखिने बताइएको छ । ग्राहकहरुले टेस्ट राइड, सोल्टी होटेल अथवा अन–कलद्वारा पनि प्राप्त गर्न सक्नेछन् । यसका साथै चांगन नेपालको वेबसाइट अथवा ९८०२३४०५९२ मा सम्पर्क गरि टेस्ट राइडको बुकिङ पनि गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x