दृष्टिविहीनले सेवा दिने ‘अ फाइन डाइन इन’ रेष्टुरेन्ट सञ्चालनमा
काठमाडौं । रेष्टुरेन्ट व्यवसायमा पृथक् अवधारणासहित मुलुकमै पहिलोपटक दृष्टिविहीनबाट सेवा प्रदान गरिने ‘अ फाइन डाइन इन’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । दृष्टिविहीनले सेवा पस्कने यो रेष्टुरेन्टमा सेवाग्राहीले समेत पृथक् अनुभव गर्नेछन् । बिहीबारबाट सञ्चालनमा आएको दृष्टिविहीनबाट सेवा प्राप्त हुने यो रेष्टुरेन्ट नेपालमा पहिलो भएको र एसियामा पनि दुवई र भारतको हैदरावादमा मात्र यस किसिमको रेष्टुराँ सञ्चालनमा रहेको सञ्चालकहरुको भनाइ छ ।
‘डाइनिङ इन द डार्क रुम’ नाम दिइएको यो सेवामा निश्चित मेन्यु रहनेछ । उक्त मेन्युमा भएका खानेकुरा अँध्यारो कोठामा राखिएका टेबलमा बसेर लिनुपर्नेछ । रेष्टुरेन्टले दृष्टिविहीनहरुले कसरी जीवन जिउँछन् र खानाको स्वाद आँखाले नभई जिब्रोले कसरी लिने भन्ने अभ्यास गराउने यस रेष्टुरेन्टका सञ्चालक सुरेश महर्जनले बताए । ‘हामीले रेष्टुरेन्ट व्यवसायमा केही पृथक् अभ्यास गरौँ भनेर दृष्टिविहीनबाटै खाना सर्भ गराउन थालेका छौँ’, महर्जनले भने, ‘दृष्टिविहीनले कसरी जीवन जिएका छन् र खानेकुराको स्वाद कसरी लिइरहेका छन् भन्ने महशुस अरुले पनि गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।’
ललितपुरको कोपुन्डोलस्थित डायमन्ड गल्लीमा अवस्थित अ फाइन डाइन इन रेष्टुरेन्टमा अँध्यारो कोठाको बीचमा केही टेबल कुर्सी रहेनछ भने यसभित्र मोबाइल र अन्य विद्युतीय सामग्री लैजान निषेध गरिएको छ । रेष्टुराँमा रहेका अँध्यारा कोठामा जानुपूर्व त्यहाँको जानकारी सेवाग्राहीलाई गराइन्छ । अनि दृष्टिविहीन कर्मचारीको काँधमा हात राखेर सेवाग्राहीलाई त्यही अन्धकार कोठामा लगेर टेबलमा बस्न सहयोग पु-याउनेछन् ।
रेष्टुरेन्टका सञ्चालकहरुका अनुसार कोभिड संक्रमणका कारण धेरैको रोजगारी गुमेपछि दृष्टिविहीनको अवस्थाबारे आफूहरुलाई चिन्ता लागेकै कारण जोखिम मोलेर यसमा लगानी गरिएको हो । थोरै संख्यामा भए पनि दृष्टिविहीनलाई रोजगारी दिनकै लागि यो रेष्टुरेन्ट खोलिएको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- शिखर इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
- मेटलाइफ फाउन्डेसनको सहयोग
- मुक्तिनाथ फाइदा एप सञ्चालनमा
- उपकार लघुवित्तको नाफा २७ लाख
- नेपाल लाइफको नाफा २० करोड ५४ लाख
- आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ करोड ५० लाख
- आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा छ करोड १० लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया