सामसङको वासिङ मेसिनहरुमा जाडो यामको छुट योजना
काठमाडौं । सामसङ नेपालले यस जाडो यामलाई लक्षित गर्दै आफ्ना आधुनिक वासिङ मेसिन मोडेलहरुमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । मंसिर १२ देखि नै सुरु भएको यो योजना पुस मसान्तसम्म वा स्टक रहुन्जेलसम्मको लागि लागू हुनेछ । यो योजनामार्फत ग्राहकहरुले चुनिएका वासिङ मेसिनहरुमा १७ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
योजनाद्वारा सामसङ नेपालले नेपाली ग्राहकलाई जाडो याममा वासिङ मेसिनको प्रयोग गर्न तथा हालै भएको पुरानो वासिङ मेसिनलाई एआई कन्ट्रोलयुक्त वासिङ मेसिनसँग अपग्रेड गर्न प्रोत्साहन गर्दछ । यस योजनामा प्रदान गरिएका वासिङ मेसिनहरु नवीनतम प्रविधिहरु एआई कन्ट्रोल, इको बबल र हाइजिन स्टिम प्रविधि छन् ।
यस अफरमा अरु प्राविधिका वासिङ मेसिनजस्तै वासर ड्रायर र सेमी अटोमेटिक वासिङ मेसिनहरु पनि उपलब्ध छन् । सामसङको नया प्राविधिक वासिङ मेसिनका इको बबल प्रविधिले कठिनभन्दा कठिन दागहरु हटाउँछ र हाइजिन स्टिमले ९९.९ प्रतिशत किटाणुहरु मार्ने कम्पनीको दाबी छ ।
योजनामा समाबेस भएका केही वासिङ मेसिनमा एड वास सुविधा छ । यसले मेसिनमा हाल्न छुटेका कपडाहरु धोइरहेको समयमै राख्न मिल्छ । यस विशेषताले समय, पानी र ऊर्जा बचत गर्दछ । सामसङ नेपालले ग्राहकहरुलाई जाडो याममा लुगा धुन सजिलो होस् भनि यो योजनाको साथ् आशा गरेको छ ।
सामसङ वासिङ मेसिनहरुमा १ वर्षको पूर्ण वारेन्टी र डीआईटी कम्प्रेसरमा १० वर्षको वारेन्टी हुनाको साथसाथै भीडीईद्वारा गरिएको परीक्षणमा २३ वर्षको दीर्घकालीन टिकाउपना रहेको कम्पनीले जनाएको छ । वासिङ मेसिनको खरिद गर्ने ग्राहकहरुले निःशुल्क जडान सेवाको फाइदा पाउने कम्पनीले जनाएको छ । यो अफर सामसङको आधिकारिक शोरुमहरुमा र सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मातहतका नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्रेतामार्फत लागू गरिएको छ । विस्तृत जानकारी सामसङ नेपालको फेसबुक पेज वा इन्स्टाग्रामबाट पनि प्राप्त गर्न सकिनेछ ।
सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु अनलाइन खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको र सामसङ प्लाजा तथा निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दीे सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया