नयाँ स्मार्ट ग्लास अनावरण गर्ने ओप्पोको तयारी
काठमाडौं । नजिकिँदो ओप्पो इन्नो डे २०२१ मार्फत ओप्पोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि अनावरण गर्ने तयारी गरेको छ । कम्पनीको हालसम्मकै बृहत् प्राविधिक समारोहमार्फत ओप्पोको पहिलो एनपीयू (न्यूरल प्रोसेसिङ युनिट) र ओप्पोको नयाँ स्मार्ट ग्लासेजका साथै अन्य विभिन्न प्राविधिक नवप्रवर्तनहरु सार्वजनिक हुन तयार छन् ।
डिसेम्बर १४ र १५ का दिन ओप्पो इन्नो डे २०२१ को आयोजना अनलाइन र अफलाइन दुवै माध्यमबाट हुनेछ । अनलाइन समारोहका दौरान ओप्पोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी च्यानले कम्पनीको परिष्कृत कर्पोरेट रणनीति तथा आरएण्डडीका लागि नयाँ दिशाका बारेमा किनोट स्पिच प्रस्तुत गर्नेछन् । त्यसैगरी कम्पनीका अन्य वरिष्ठ कार्यकारीहरुमार्फत नयाँ एनपीयू र स्मार्ट ग्लासेजका बारेमा जानकारी दिइनेछ ।
ओप्पो इन्नो डे २०२१ मार्फत कम्पनीले रिट्रयाक्टेवल क्यामेरा र डिजिटल ह्युमनलगायत आफ्ना विभिन्न अत्याधुनिक प्रविधिहरुबारे जानकारी प्रस्तुत गर्नेछ । साथै, इमेजिङ, एआई, एआर र फाइभजी लगायत आफ्ना उल्लेखनीय नवप्रवर्तनहरु पनि सार्वजनिक गरिनेछन् । सन् २०१९ मा यसको सुरुवातसँगै ओप्पो इन्नो डेमार्फत नयाँ उत्पादनहरु तथा अन्य उल्लेखनीय नवप्रवर्तनहरु सार्वजनिक हुँदै आइरहेका छन् ।
ओप्पो इन्नो डे २०१९ मार्फत ओप्पोले एआर ग्लासेज, फाइभजी सीपीई र ओप्पो वाट्च स्मार्टवाट्च सिरिजलगायतका पहिलो पुस्ताको घोषणा गरेको थियो । पछिल्लो वर्ष ओप्पोले ओप्पो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओप्पो एआर ग्लास २०२१ र साइबरियल गरी तीन उत्पादनको प्रदर्शनी गरेको थियो । यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिँदै ओप्पोले प्राविधिक विकासलाई नयाँ उचाइ प्रदान गर्ने आफ्ना थप नयाँ उपलब्धिहरु सार्वजनिक गर्नेछ । प्रयोगकर्ताहरुले आफ्ना अवतारको प्रयोग गर्दै ओप्पोका नयाँ नवप्रवर्तनहरुको अनुभव गर्न सकून् भन्ने सोचका साथ ओप्पोले यस पटक भर्चुअल लञ्चको व्यवस्था पनि गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पूर्वाञ्चल विश्वविद्यालयमा कलेज अफ लका विद्यार्थीलाई अभिमुखीकरण
- सिटिजन्स बैंक र नेपाल क्लियरिङबीच सम्झौता
- शिखर इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
- मेटलाइफ फाउन्डेसनको सहयोग
- मुक्तिनाथ फाइदा एप सञ्चालनमा
- उपकार लघुवित्तको नाफा २७ लाख
- नेपाल लाइफको नाफा २० करोड ५४ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया