बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सेवा
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले बिरामीको टिकट वितरणमा डिजिटल सेवा सुरु गरेको छ । प्रतिष्ठानको मोबाइल एप्लिकेसनमार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो हो ।
उक्त सेवाका लागि सेवाग्राहीले एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा गएर बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । तत्पश्चात् एपबाटै टिकट काटी आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् । उक्त प्रविधिले घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुट्कारा पाउने प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरी शंकर शाहले बताए । यो सेवालाई अझ विस्तार गरी ल्याब परीक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने एवं पेइङ्गतर्फको बिरामी नाम दर्ता समेत यथाशीघ्र सञ्चालन गराउन उनले सम्बन्धित सबैमा जानकारी एवं आवश्यक निर्देशन दिइसकेको जानकारी समेत दिए । उक्त सेवाको उपयोग गर्न बिरामीलाई सहज होस् भनी प्रतिष्ठानको टिकट काउन्टर भवनको बाहिरपट्टि अनलाइन टिकट कसरी लिने भनेर सिकाउन सहयोगी समेत राखिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया